काठमाडौं- प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ।
सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसपछि सो विधेयकमाथि सामान्य छलफल प्रारम्भ भएको हो। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।