काठमाडौं– नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले ५ वर्षीय बिएलएलबी संकायमा १० प्रतिशत छात्रवृत्ति लगायतका १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ।
सोमबार नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि डिन, नेपाल ल क्याम्पस प्रमुख र बिएलएलबी निर्देकशलाई ज्ञापनपत्र बुझाएको हो।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्रअनुसार आन्तरिक स्रोतबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत १० प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार तथा पदकसम्बन्धी कार्य निर्देशिका २०७१ अनुसार अनिवार्य रूपमा नि:शुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाउन माग ज्ञापनपत्रमा गरिएको छ।
प्रत्येक सेमेस्टरको विषयगत शिक्षकहरुसँग समन्वय गरी लाईब्रेरीका पुस्तकहरु अध्यावधिक गर्नुपर्ने, विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, बिएलएलबीको पाठ्यक्रम प्रत्येक ५ वर्षमा परिमार्जन गर्नुपर्नेमा ६ वर्ष लागिसक्दा समेत केही नभएको हुनाले तत्काल पाठयक्रम पत्रको ढाँचा र मूल्यांकन पद्दति लगायतका कुरामा गृहकार्य गरी यसमा पुनरावलोकन गर्नुपर्ने, प्रवेश परीक्षा फारम यसै वर्षबाट अनलाइन माध्यमबाट नै भर्न मिल्ने व्यवस्था गर्नसमेत माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।