काठमाडौं– स्वर्गद्वारी दर्शन गरी फर्किने क्रममा प्यूठानको भिङ्ग्री नजिकै एक गाडी दुर्घटनामा परेको छ। लु १ च ६३४५ नम्बरको गाडी टाकुरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल पुर्याइएको छ। गाडी उपल्लो घुम्तिबाट तल्तो घुम्तीमा खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जनाए।
प्रहरी दुर्घटना स्थल पुगेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।