काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहाल नर्भिक अस्पताल पुगेका छन्। अस्पताल स्रोतले दिएको जानकारी अनुसार उनीहरु दुवै नियमित परीक्षणका लागि पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड मुटुको जाँचका लागि अस्पताल पुगेका हुन्। उनको इको, टीएमटीलगायत मुटुसम्बन्धी केही परीक्षण गरिने बताइएको छ। ‘प्रधानमन्त्री प्रचण्डको कार्डियो सम्बन्धी परीक्षणहरु भइरहेको छ’, अस्पताल स्रोतले भन्यो।
त्यस्तै, सीता पनि नियमित परीक्षणका लागि अस्पताल पुगेकी हुन्।चिकित्सकहरुका अनुसार सीतालाई पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।