गाईघाट, उदयपुर- निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले पश्चिम नेपालमा प्रदर्शन भइरहेका बेला महिला हिंसा विरुद्ध उदयपुरमा पनि प्रदर्शन भएको छ। बलात्कार, हत्या, हिंसालगायतका घटनाको विरोध गर्दै महिला हिंसाका दोषी हदैसम्मको कारबाही गर्न माग गर्दै महिलाहरु अधिकारवादीले प्रदर्शन गरेका हुन्।
पछिल्लो समय एकपछि अर्को गर्दै महिला हिंसाका घट्ना बढिरहेका बेला यसलाइ रोक्न सरकार असफल भएको भन्दै उनीहरुले सदरमुकाममा प्रदर्शन गरेका हुन्। 'अपराधीलाई कडा कारबाही गर', 'मानव अधिकारको सम्मान गर' लगायतका नारा लगाउँदै गाईघाट बजारमा प्रदर्शन गरेका उनीहरुले स्थानीय लोकतान्त्रिक चोकमा कोणसभा समेत गरेका छन्।
कार्यक्रममा अन्तरपार्टी महिला संजाल, सामाजिक संघ/सस्था, पत्रकार, नागरिक अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीलाई भेटी महिला हिंसाका घटनामा संवेदनशील हुन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएको महिला अधिकारवादी संस्था मासबेसकी अध्यक्ष नजबुल खानले बताईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।