काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी विधानसम्मत सञ्चालन गर्न नसकेकाले नेतृत्वसँग असन्तुष्टिका आवाज प्रकट भइरहेको बताएका छन्। उनले एक अर्कालाई दोष दिनुभन्दा पनि जिम्मेवार रहेकाहरुले पार्टी विधानलाई ख्याल गर्नुपर्ने बताए।
आइतबार नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको प्रदेश अधिवेशन उद्घाटन गर्दै नेता सिंहले आबेगले नभई विवेक प्रयोग गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए। उनले पार्टी भित्र अहिले पुराना नेताहरुमाथि अनावश्यक रुपमा प्रहार भइरहेको दाबी समेत गरे।
नेता सिंहले नयाँ नेताको नाममा पुराना नेताहरुमाथि अपहेलना गरेर कांग्रेस बलियो बन्न नसक्ने दाबी गरे। ‘जुन बाबुले छोराछोरीलाई जन्म दिए त्यही सन्तानले अब बाबुआमाको केही अर्थ छैन भन्न मिल्छ? यसको सन्देश के जान्छ? गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।