काठमाडौं- सत्ता पक्षीय दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले मन्त्री भएकाहरुकोमा धेरै बजेट पारिएको भन्दै आक्रोश पोखेका छन्। जनताहरुले सांसदहरुलाई नीति नियम बनाउनेका रुपमा नबुझेको बताउँदै उक्त कुरा बताएका हुन्।
उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको उदाहरण लिँदै आफ्नो जिल्लामा २२-२५ करोड बजेट पारिएको बताए। सत्तापक्षीय सांसद भएकाले विरोध गर्न नहुने तथा अनुशासनमा रहनुपर्ने कुरामा जानकार रहेको उल्लेख गर्दै भने , ‘म सत्ता पक्षीय सांसद् हुँ। संसदीय मर्यादाका विषयमा जानकारी छ तर म लोकतन्त्रका लागि लडेको हुँ। यसैका लागि लडेको हुँ।’
जनताले साना-ठूला समस्याका लागि सांसदहरुलाई सम्झिने गरेको तर अधिकार कटौती हुँदै गएकोप्रति उनको आक्रोश थियो। राति १२ बजे समेत फोनबाट गाली खाने आफू जनप्रतिनिधिहरु रहेको बताउँदै उनले व्यंग्य गरे, ‘धन्यवाद बालेनजी, हामी झोलेलाई वडाध्यक्ष बनाइदिनुभयो। हामीले राति १२ जलपान खाएको मान्छेको फोन आउँछ। अब त चिन्न छाड्नुभयो होला भन्छ। आफू पनि जलपान गरेको बेला भए झगडा पर्छ होला!’
जनप्रतिनिधिको काम कानुन बनाउने रहेको विषयमा आमजन जानकार नभएसम्म आफूहरु त्यतिमै केन्द्रित हुन मात्रै नसकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।