• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘ग्रेटर नेपाल’ को चर्चापछिको एक टिप्पणी

64x64
नारायण अधिकारी शनिबार, जेठ २७, २०८०  ०७:५५
1140x725

चर्चा भारतले नवनिर्मित संसद् भवनमा राखेको ‘अखण्ड भारत’को मुरल र त्यसको नेपालका चलिरहेको प्रतिक्रियाहरुबाट सुरु गरौं। 

भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को मुरल राख्यो। प्रष्ट छ, आजको भारत उदार छैन। भारतको आजको सत्ता घरेलु मतदाता आकर्षित गर्न यदाकदा छुल्याहा चरित्र देखाउँछ। ‘अखण्ड भारत’को मुरल भारतीय सत्ताको त्यही चरित्रको एउटा प्रतिनिधि घटना हो। 

यो घटनाले नेपालको राजनीतिक वृत्त र जनस्तरमा उठेका प्रतिक्रियाहरुले अर्को प्रश्न उब्जाएको छ – एउटा छुल्याहा कार्यको जवाफ अर्को स्वरुपको छुल्याहा कार्य हुनसक्छ? खासगरी काठमाडौंका निर्वाचित मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा नै टाँसिदिएपछि त्यसले सिर्जना गरेको तरङ्ग र नेपाली जनतामा फैलिएको उद्गवेग नेपालमा कम्युनिस्ट नेताहरुले दशकौंदेखि रोपेको ‘राष्ट्रवादको प्रतिस्पर्धा’को निरन्तरताको झल्को दिने किसिमको छ। 

भारतको आजको सत्ता घरेलु मतदाता आकर्षित गर्न यदाकदा छुल्याहा चरित्र देखाउँछ। ‘अखण्ड भारत’को मुरल भारतीय सत्ताको त्यही चरित्रको एउटा प्रतिनिधि घटना हो। 

नेपालका कम्युनिस्टहरुको आधारभूभि नै भारतको विरोध थियो। जनताका आधारभूत समस्यामा मिहीन ढंगबाट बहस गर्न नचाहने कम्युनिस्ट नेताहरु राष्ट्रवादको मुद्धामा भने उग्र थिए। 

पात्रहरु बद्लिए। तर यस्तो प्रतित हुँदैछ प्रवृत्ति भने बद्लिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा बोलिदिए हामीले पनि ग्रेटर नेपालको नक्सा राखिदिऔं। बालेनले त त्यसलाई तत्काल कार्यान्वयनमा लगिदिए। हुँदाहुँदा परिपक्व राजनीति गर्ने दाबी गर्ने गगन थापाले समेत बोलिदिए– हामी पनि हाम्रो सांस्कृतिक नक्सा सार्वजनिक गरौं। 

बुझ्न कठिन छैन, यी अभिव्यक्तिहरु सार्वजनिक खपतका लागि हुन्। जनतामा राष्ट्रवादी छवि कायम राखिराख्नको लागि हो। तर यी अभिव्यक्तिहरुले नेपालमा दशकौं पुरानो ‘कम्युनिस्ट स्कूल’ले सिकाएको एउटा परम्पराबादी दृष्टिकोण र चिन्तनको झलक पनि हो। 

दुई अतिवादी स्कूलका कार्यकर्ताहरु
भारतले अखण्ड भारतको मुरल सार्वजनिक गरेपछि नेपाली समाजमा दुई खालको अतिवादी दृष्टीकोण देख्न सकिन्छ। एकथरीलाई लाग्छ, नेपालले भारतविरुद्ध केही बोल्नै हुन्न। भारत ठूलो देश छ। भारतसँग सैन्यशक्ति ज्यादा छ। भारत बलियो छ। बलियोको अगाडि निर्धो चुपचाप खडा हुनुपर्छ।  यो चिन्तनमा साम्राज्य विस्तारको युगको दास मनोवृत्ति छचल्किएको बुझ्न कठिन छैन। भारतको अगाडि नेपाल चुपचाप खडा हुनुपर्छ भन्ने दाबी गर्नेहरु आफूहरुलाई प्रगतिशील दाबी गर्न भने चुक्दैनन्। जबकि उनीहरुको चिन्तन भने घोर दक्षिणपन्थीभन्दा पनि अनुदार दास मनोवृत्तिबाट ग्रसित छ। उनीहरु तर्क गर्छन्, नेपालको भारतसँग युद्ध गर्ने हिम्मत छ? युद्ध गर्दा नेपालले जित्छ?

नेपालमा नयाँ उदाएका दल र स्वतन्त्र उम्मेदवारहरुले कम्युनिस्ट नामप्रतिको मोह त्यागेका छन्। उनीहरुको बुझाइ र चेतनास्तर परम्परागत नेताहरुको भन्दा फरक हुने आशा थियो। तर ‘ग्रेटर नेपालको नक्सा’प्रति देखिएको मोहले उनीहरु पुरानै स्कूलका नयाँ अनुहार बन्ने त होइनन् भन्ने प्रश्न खडा गरेको छ। 

नेपालले एउटा स्वतन्त्र देशको रुपमा युद्धको परिकल्पना गरेकै छैन। नेपालमा भारतपरस्त देखिन वा क्रान्तिकारी देखिन यस्तो तर्क गर्नेहरुले समग्र विश्व व्यवस्थाको वास्तविकतालाई अवमूल्यन गरेका छन्। यो विचार राख्नेहरुले भने झैं हुने हो भने ताइवान, युक्रेन, क्युवा लगायत विश्वका साना देशहरु सधैं दबिएर बस्नुपर्छ। दर्जनौं साना देशहरुले आफ्नो आवाज उठाउनै हुन्न। अमेरिका, चीन वा रसियाजस्ता शक्तिशाली देशका शासकहरुको स्तुतिगान मात्र गरेर बसे हुन्छ। यस्ता विचार राख्नेहरु आजको विश्व मापदण्ड र संयुक्त राष्ट्रसंघको स्थापनापछि बद्लिएको यथार्थबाट पर छन् वा जानाजानी भारतीय छुल्याहपनलाई बैधता दिन प्रयासरत छन् भन्ने बुझ्न कठिन छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्को पक्ष छ, भारतको मामलामा घरेलु तहमा अति चर्को देखिन चाहने। उनीहरुले राष्ट्रवादको हतियारको रुपमा नेपाली जनतामा रहेको भारतसँगको चित्त दुखाइलाई प्रयोग गर्न चाहन्छन्। संयोग नै मानौं, यो तप्का पनि आफूहरुलाई प्रगतिशील नै भनेर चिनाउन चाहन्छ। 

सुदूर विगतमा जानै पर्दैन, २०५२ सालमा हिंसात्मक विद्रोह सुरु गरेको माओवादीका नेताहरुले भारतकै भूमिमा संरक्षित जीवनयापन गर्दै भारतविरुद्ध सुरुङ्ग युद्धको बिगुल फुकेका थिए। त्यो कसरी सम्भव भयो होला? माओवादीप्रति भारत नरम थियो वा थिएन? भारतले किन माओवादी नेताहरुको आवातजावतमा कडाइ गरेन होला? यी यस्ता प्रश्नहरु हुन् जसको जवाफ आउँदा समयको कुनै कालखण्डमा खुल्दै जाला। 

कम्तीमा नेपालमा नयाँ उदाएका दलहरु र स्वतन्त्र उम्मेदवारहरुले कम्युनिस्ट नामप्रतिको मोह त्यागेका छन्। यस सन्दर्भमा उनीहरुको बुझाइ र चेतनास्तर परम्परागत नेताहरुको भन्दा फरक हुने आशा थियो। तर ‘ग्रेटर नेपालको नक्सा’प्रति देखिएको मोहले उनीहरु पुरानै स्कूलका नयाँ अनुहार बन्ने त होइनन् भन्ने प्रश्न खडा गरेको छ। 

हिनताको मनोग्रन्थी 
हुनुपर्ने के थियो? आजको नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बहुआयामिक बिषयहरुमा शुक्ष्म बहसको खाँचो छ। जस्तै नेपालका नदीनालामा भारतीय कम्पनीहरुको उपस्थिति र एकाधिकार नेपालको पक्षमा छ वा छैन? नेपालले विद्युतीय उर्जा उपयोगमा अहिले भइरहेकोभन्दा बढी फाइदा लिनसक्ने अवस्था छ वा छैन? भारतीय उत्पादनहरुको ठूलो बजारको रुपमा नेपाली उपभोक्ताले थप लाभ लिनसक्ने ठाउँहरु कति छ? 

नेपाल र भारतको सम्बन्धमा एकपक्षीय फाइदाको मात्र कुरै छैन। यसमा दुवै पक्षले लाभ पाएका छन्। भारतले पनि नेपालबाट राम्रै अंकको रेमिट्यान्स भित्र्याइरहेको छ। यसबाहेक नेपाल उसको विश्वासीलो बजार पनि हो। 

कृषिमा भारतले नेपाललाई गर्नसक्ने नतिजामूलक सहयोग कस्तो होला? तर यी बिषयमा नेताहरु मौन हुन्छन्। बहसमा प्रवेश गर्नै चाहन्नन्। विगतमा भएका सन्धि, सम्झौता न्यायपूर्ण छन् वा छैनन्? यस बिषयमा गहन बहस भएकै छैन। भएका सम्झौताहरुको कार्यान्वयन भारतले किन ढिलो गर्दैछ? यसमा प्रवेश गर्न हाम्रो सदन र सरकार आवश्यक ठान्दैन।  किन? किनभने नेपाली नेताहरु घरेलु मतदाताको अगाडि उग्रवादी देखिए पनि अन्तर्राष्ट्रिय तहमा हिनताको मनोग्रन्थीबाट ग्रसित छन्। 

नेपाल र भारतको सम्बन्धमा एकपक्षीय फाइदाको मात्र कुरै छैन। यसमा दुवै पक्षले लाभ पाएका छन्। भारतले पनि नेपालबाट राम्रै अंकको रेमिट्यान्स भित्र्याइरहेको छ। यसबाहेक नेपाल उसको विश्वासीलो बजार पनि हो। पारस्परिक लाभ लिइरहेका दुई देशबीचको सम्बन्धको सन्दर्भमा नेपाली नेताहरुले डटेर कुरा गर्न नसक्ने हीनभाव छाड्न जरुरी छ।

अब के?
जसरी भारतले नवनिर्मित संसद्‌मा राखेको मुरल उसको पोलिटिकल म्याप होइन त्यसैगरी काठमाडौंका युवा तथा उर्जाशील मेयरले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा पनि पोलिटिकल म्याप होइन। यो भारतीय पक्षबाट सुरु भएको क्रियाको प्रतिक्रिया हो। गगन थापाले संसद्‌मा राखेको बिषय पनि सांस्कृतिक नक्साकै बिषय हो। यी बिषयहरुलाई लिएर बालेन वा गगनको अतिआलोचना पनि आवश्यक छैन। 

यत्ति नै जिम्मेवारी यी नेताहरुबाट पनि हुन आवश्यक छ। छुल्याहापनको जवाफमा थप छुल्याहा कार्य गर्न नागरिक तहमा उकास्ने काम जिम्मेवार तहमा बसेकाहरुले गर्न हुन्न। 

छुल्याहापनको जवाफमा थप छुल्याहा कार्य गर्न नागरिक तहमा उकास्ने काम जिम्मेवार तहमा बसेकाहरुले गर्न हुन्न। 

भविष्यको कुनै कालखण्डमा भारतभित्रैका विवेकी र न्यायमा विश्वास गर्ने नेता तथा कार्यकर्ताहरुले नै अहिलेको सत्ताको सोच र कार्यहरु सच्याउने हिम्मत गर्लान्। यसले भारतलाई नै फाइदा पुग्छ। दक्षिण एसियाली भूमिमा जति विश्वास जित्नसक्छ, विश्वमञ्चमा भारत त्यति नै शक्तिशाली हुन्छ। सबैलाई चिढ्याएर त्यो सम्भावना रहन्न।

तत्कालको लागि नेपाल सरकारको तहमा पनि चुपचाप बस्नु वा मौनताको रणनीति अख्तियार गर्नु हितकर देखिन्न। कम्तीमा सरकारले यस बिषयमा चासो राख्नुपर्छ। नेपालले छिमेकी चिढ्याउने भारतीय सत्ताको हर्कतलाई कुनै न कुनै रुपमा औपचारिक तहको विमति दर्ज गरिराख्नुपर्छ। यस कार्यले तत्कालको लागि भारत रिसाउला भन्ने भन्दा पनि दीर्घकालीन रुपमा दुई देशको जनस्तरमा सम्बन्ध सुदृढ बनाउन सहयोग नै पुग्छ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्