• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘राँगा’ प्रकरणपछि संसद्‌मा रास्वपाको आत्मालोचना, रविले भने–संसदीय मर्यादा बिर्सिने रोग सार्न चाहन्नौं

64x64
नेपाल लाइभ बिहीबार, जेठ २५, २०८०  १९:१७
1140x725

काठमाडौं– ‘हामी काँही न काँही लज्जित भएका छौं। यो सदन भैँसी, राँगाको कुरा गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही प्रात गर्न सक्दैनौं। हामी आत्माअलोचना गर्न चाहान्छौं। हाम्रा दलबाट भएका कमीकमजोरीलाई आत्मालोचना गर्न चाहान्छौं,’ रास्वपा संसदीय दलका नेता तथा सभापति रवि लामिछानेले बिहीबार संसद्‌मा दिएको मन्तव्यको अंश हो। 

संसद्‌मा राँगाको विषय प्रवेश गराएर ‘तमासा’ स्थल बनाउने अरु कोही नभएर उनकै पार्टीका सांसद तथा पूर्वमन्त्री शिशिर खनाल थिए। कसरी विषयले संसद्‌मा प्रवेश पायो? बैठक कसरी प्रभावित भयो? भन्ने बुझ्न २२ गतेको संसद् डायरी पल्टाउनुपर्छ। तर, त्यसअघि नेता लामिछानेले बिहीबार सदनमा देखाएको स्विकारोक्तिकै चर्चा गरौं। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा सहभागी हुन लामिछानेले ३० मिनेट समय पाएका थिए। उनले छलफलमा सहभागी हुँदै संसदीय गतिविधिको चर्चा गर्दै उपरोक्त आत्मस्विकृत जाहेर गरे। र आफ्नो मन्तव्यको क्रममा बारम्बार संसदीय मर्यादामा चुकेको बताइरहे। 

मन्तव्यको सुरुमै उनले भने, ‘हामीले पार्लियामेन्टको मर्यादा राख्न कँहि कतै चुकिरहेका त छैनौं? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहान्छु। जस्ता–जस्ता विषयहरुमा हामीले छलफल गर्‍यौं, हामी नयाँ राजनीतिक दलका हिसाबले चाहे ती हाम्रो पक्षबाट आएका हुन् चाहे अन्य पक्षबाट आएका हुन्।’

लामिछानेले आफूहरु नयाँ राजनीतिक दलका रुपमा नयाँ अभ्यास लिएर आएको बताउँदै संसद्‌मा राम्रो भूमिका प्रस्तुत गर्न नसकेकोमा पुन: क्षमायाचना गरे। 

‘नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौं। हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा, आम सर्वसाधारणमा संसद्‌बाट राम्रो सन्देश गएको छैन,’ लामिछानेले दोहोर्‍याए,‘म आफ्नो भागको ब्लेम जिम्मा लिन चाहन्छु र आफ्नो राजनीतिक दलबाट गत केही दिनमा भएका बहसहरु अलिक अमर्यादित भएकोमा क्षमा याचना पनि गर्न चाहन्छु।’

उनले राँगा–भैँसीको विषयले सदनमा निरन्तरता पाएमा जनतामा निराशा बढ्ने बताए। साथै, सांसद लामिछानेले अर्को निर्वाचनमा जनतालाई अनुहार देखाउन नसक्नेमा चिन्ता व्यक्त गरे। 

‘राँगा भैँसीका भरमा बहसहरु चलाएर अगाडि बढ्ने हो भने नेपाली जनतामा निराशा छाउँछ। म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। जुन किसिमको बहस सम्मानित सदनमा भयो त्यो निरन्तर हुने हो भने म चाँही नेपाली जनतालाई अनुहार देखाउने हैसियतको हुने छैन,’ लामिछानेले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बन्नुपर्ने र आफ्नो दल त्यसमा प्रतिबद्ध रहने धारणा व्यक्त गरे। 

उनले आफूहरुको सिकाईमा गल्ती हुने भएको र त्यसको उपजका रुपमा सदनका पछिल्ला गतिविधिहरु देखा परेको आशंका देखाए। मूख्यत: पुराना भनिएका दलबाट केही नयाँ संस्कार सिक्न चाहेको र राजनीतिक विगतलाई सम्मान गर्न चाहेको बताउँदै लामिछानेले दु:ख व्यक्त गरे।

लामिछानेले यति लामो आत्मालोचना गर्नुपर्ने गरी भएको के थियो? 
पछिल्ला बैठकमा विशेषगरी सोमबारको प्रतिनिधि सभामा रास्वपा एमालेको ‘उपग्रह’को भूमिकामा देखिन्थ्यो। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणबाट आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणमा भएका विषयहरुबारे सदनलाई जानकारी दिइसकेपछि उनलाई पुरक प्रश्न सोध्ने कार्यक्रम चलिरहेको थियो। त्यही क्रममा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर फर्केको भनेपछि संसद्‌मा हो–होल्ला सुरु भएको थियो। 

शिशिर खनालले भनेका थिए, ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौं उहाँ प्लेन चढेर उहाँले नै उद्घाटन गर्नुभएको पोखरा विमानस्थलमा झर्नुहुन्छ भनेर। दुर्भाग्यवस भैँसी चढेर आउनुपरेको भन्ने कुरा आए।’

सांसद खनालको उक्त भनाइमा सत्तापक्षीय सांसदले निमयमाआपत्ति गरेका थिए। त्यहीबीचमा माओवादीका सचेतक हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिए। पाण्डेले खनालले असंसदीय शब्द बोलेको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे। उनले भने, ‘संसद्‌मा अमर्यादित शब्द प्रयोग गर्नुभएको छ, भैँसी चढेर आएको भन्ने असंसदीय शब्द रेकर्डबाट हटाइयोस्।’ 

त्यो बीचमा संसद्‌मा हो–होल्ला हुन पुग्यो। तर सभामुखले पुन: हितराज पाण्डेलाई समय दिएको भनेपछि पाण्डेले पुन: अघिकै कुरा दोहोर्‍याए। उनले भने,‘भैँसी चढेर आएको भन्ने शब्द असंसदीय हो। त्यो रेकर्डबाट हटाइयोस्।’

यसपछि एकै चोट्टी एमाले सांसद योगेश भट्टराईको आवाज आयो। उनलाई सभामुखले समय दिएको सुनिएन तर उनी भन्दै थिए,‘प्रधानमन्त्रीमाथि प्रश्न सोध्ने अधिकार छ। माननीय सदस्यले डिस्टर्ब गर्न पाँइदैन।’

सभामुख भने समय लिएर बोल्न सम्झाइरहेका थिए। तर त्यहीबीचमा फेरि कसैले माइकमा सभामुखलाई सम्बोधन गर्‍यो। तर सभामुखले भने बारम्बार आसन ग्रहण गर्न आग्रह गरिरहे। हल्ला रोकिएन।

यहीबीचमा एमाले सांसद सूर्यबहादुर क्षेत्रीले समय पाए। उनले भने, ‘बैठकमा पालना गर्नुपर्ने बारेमा कुनै सांसदले अर्को सदस्य बोलिरहेको बेलामा बाधा पुर्‍याउन नपाउने व्यवस्था छ। यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्तापक्षीय माननीय सदस्यहरुले दादागिरी देखाउन पाइँदैन। यो बोल्ने अधिकार खोस्न पाँइदैन।’

सभामुख पुन: समय लिएर बोल्न स्मरण गराइरहेका थिए। उनले प्रश्न सोध्दा मर्यादामा रहेर प्रश्न सोध्न आग्रह गरे। सत्तापक्षबाट टेबल ठटियो। यता सभामुखले निमयावलीको २० औं दफाबारे ध्यानाकर्षण गराए र भने, ‘एकजनाले प्रश्न सोधिरहँदा बीचबीचमा त्यही सोधिरह्यो भने निमयाआपत्तिको विषय स्पष्ट नहुने र रुलिङ गर्न पनि नसिकनेमा ध्यानाकर्षण गराउँछु।’

उनले पढेर सुनाउँदै गर्दा हो–होल्ला भने जारी नै थियो। यता सभामुखले भैँसी चढेर आएको भन्ने कुरा हटाउन संसद् सचिवालयलाई निर्देशन दिए। सत्तापक्षीयले टेबल ठटाए भने, विपक्षीहरु ज्यारकजुरुक उठे। समय माग्न थाले। यहीबीचमा रघुजी पन्तलाई समय दिए।

पन्तले भने, ‘भैँसी चढेर आएको भन्ने शब्द प्रधाानमन्त्री स्वयम्‌ले सम्बोधन गर्दा रोष्टमबाट भन्नुभएको थियो। यसो हुँदाखेरि सत्तापक्षको सचेतकको अनुरोधमा भैँसी चढेर आएको भन्ने शब्द हटाइन्छ भने प्रधानमन्त्रीले भनेको शब्द पनि हटाइयोस्।’ पछाडिबाट कुनै सांसदले हटाइयोस् भन्ने आवाज थप्न पुग्यो।

यसपछि रास्वपा सांसद रवि लामिछानेले समय पाए। उनले भने, ‘स्वयम् प्रधानमन्त्रीले रोष्टममा उभिएर भनिएको शब्दलाई प्रधानमन्त्रीले भन्दा केही नहुने दृष्टान्त स्वरुप हाम्रा माननीयले भन्दा रेकर्डबाट हटाउने भए हटाउँ। र प्रधानमन्त्रीले भनेपछि भनिएकोले उहाँको पनि हटाउँ हामीलाई केही आपत्ति छैन।’

र अन्त्यमा सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि यो रेकर्डबाट हटाउन निर्देशन दिए। तर विपक्षी सांसदहरुले प्रधानमन्त्रीले बोलेको नै भन्ने कुरा सभामुखले भन्नुपर्ने माग गरेर उठिरहे। 

सभामुखले पुन: सम्झाउँदै भने,‘हाम्रो देशको प्रधानमन्त्री भारतबाट नेपाल आउँदा भैँसी चढेर आएको भन्ने शब्द रेकर्डमा रहनु उपयुक्त भएन। त्यसले गर्दाखेरि यो शब्द रेकर्डबाट हटाउनुपर्छ भनेर मैले रुलिङ गरेको छु जहाँसम प्रधानमन्त्री ज्यू बोल्दाखेरि मलाई पनि भैँसी चढाएका थिए भन्ने कुराहरु हाम्रो रेकर्डमा आएको छ। त्यसैकारण यसलाई एकैठाउँ गाँसेर नहेरिकन भैँसी चढेर आएको भन्ने शब्द संसद्‌को इतिहासमा त्यो उचित हुँदैन भनेर मैले रुलिङ गरेको हुँ।’

त्यति भनेपछि प्रतिपक्षीहरु सपक्क बसेर सत्तापक्षीयले टेबल ठटाए। र संसद् आफ्नो बिजेनेसमै फर्कियो। र पुन: शिशिर खनालले बोल्ने अनुमति पाए।

यो प्रकरण करिब १६ मिनेट चलेको थियो। 

त्यसपछि प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने क्रममा पनि बीचबीचमा नियमाआपत्तिहरु भइरहे। लाग्थ्यो त्यो दिनको संसद्‌मा ‘तमासा’ मात्र थियो।

प्रधानमन्त्रीको सम्बोधनपछि सम्बोधन गर्न आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले त घुमाउरो भाषामा प्रधानमन्त्री राँगा चढेरै आएको भन्ने तर्क गरे। ओलीको अभिव्यक्तिले उक्त दिन रास्वपा सांसद निकै उत्साही देखिन्थे। यो बीचको ३ दिनमा सभापति लामिछानेले सायद उक्त दिनको गतिविधिहरुलाई मन्थन गरे होलान् र बिहीबारको मन्तव्यमा बारबार गलत गरेको आत्मस्विकारोक्ति दोहोर्‍याइरहे।

उनी बिहीबारको सम्बोधनलाई ‘विट’ मार्दै उही कुरा दोहोर्‍याउँदै थिए,‘हामी केही नयाँ गरौं भनेर आएका दलहरु हौं। हामी पुरानै शैलीमा गयौं र त्यही रोगमा लाग्यौं भने हामीले प्राप्त गर्ने गाई, भैँसी र राँगाका साथ अन्त्यमा गोबरबाहेक केही पनि हुँदैन। सम्मानित सदनमा पार्लियामेन्टको मर्यादालाई नै हल्लाइदिने गतिविधि हुँदाखेरि कता–कता हामीलाई पनि त्यो रोग सरे जस्तो पनि केहि दिनमा भान भयो। हामी त्यो रोग सार्न चाहन्नौं।’
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा
सम्बन्धित सामग्री
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझा... शुक्रबार, जेठ ८, २०८३
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनु... शुक्रबार, जेठ ८, २०८३
स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तयारी, आगामी बजेटबाट नयाँ मोडालिटी ल्याइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यक्रमलाई अहिलेको स्वरूपमा दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्दै यसको संरचनाग... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित शुक्रबार, जेठ ८, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि शुक्रबार, जेठ ८, २०८३
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना शुक्रबार, जेठ ८, २०८३
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्