एजेन्सी – भारतको केरलमा आएको बाढीका कारण पीडित परिवारका लागि यतिबेला भारतीय सेलिब्रिटीहरुले आफ्नो आयको केही हिस्सा सहयोग स्वरुप वितरण गरिरहेका छन्। तर यस मामलमा सुपरस्टार सलमान खान भने पछाडि परेका छन्।
सलमानले अहिलेसम्म बाढी पीडितका लागि कुनै पनि प्रकारको सहयोग गरेका छैनन्। सलमान यस विषयबाट आलोचित पनि बनिरहेका छन्। मनका धनि दबंग खान भनेर चिनिने सलमानको यस पटकको व्यवहारले उनका प्रशंसकहरु निराश भएका छन्।
तर सामाजिक सञ्जालमा भने सलमानले १२ करोड दान गरेको भन्दै अफवाह फैलिएको छ। यसैको प्रभाव स्वरुप अर्का अभिनेता जावेद जाफरीले एक ट्विट गर्दै सलमानले १२ करोड सहयोग गरेकोमा खुसी व्यक्त गरे। तर वास्तविकतामा भने यस्तो नभएको थाहा पाएपछि जाफरीले उक्त ट्विट पुनः फिर्ता लिएका छन्।
यसअघि भारतीय सेलिब्रिटीहरु अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, कुणाल कपुर, कंगना लगायतले आफ्नो कमाइको केही हिस्सा दान दिइसकेका छन्।
यसै विषयमा अमिताभ बच्चनले भने बाढी पीडितहरुका लागि आर्थिक सहयोगसँगै आफ्ना पुराना लुगाकपडा र जुत्ता पनि पीडिटहरुका लागि पठाएको खबर बाहिरिएको थियो। यस विषयका कारण अमिताभ सामाजिक सञ्जालमा ट्रोलको सिकार बन्न पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।