काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण र सरकारका बारेमा समिक्षा भइरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने‘ पार्टी एकीकरण के कति समयमा हुन सकेन, सरकारका राम्रा र नराम्रा कामको हामीले समिक्षा गरिरहेका छौं।’
कतिपय तत्वहरु पार्टी एकता र सरकारलाई असफल बनाउने षड्यन्त्रमा लागेको भन्दै उनले त्यस्ता ‘षडयन्त्रलाई एक एक गरेर परास्त’ गरिने बताए।
सर्लाही–काठमाडौं सम्पर्क मञ्चले सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्।
पार्टी एकता निकै साहसिक र विवेकपूर्ण निर्णय भएकाले यसले विश्वलाई नै नयाँ सन्देष दिने उनको भनाई थियो।
पार्टी एकीकरणले कार्यकर्ताहरुलाई समेत गुणात्मक जिम्मेवारी बढेकोले त्यहीअनुसार अघि बढ्नुपर्ने प्रचण्डले निर्देशन दिएका छन्।
पार्टीले गरेको संकल्प र जनताको सपनालाई यो सरकारले साकार पार्ने उनको दाबी थियो।
पार्टी एकताका थप विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गर्न लागेको पनि उनले सो कार्यक्रममा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।