उर्लाबारी, मोरङ- खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन्।
आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। फुटबल क्लब मोरङ–११ मा आबद्ध खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ।
चालीस वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए। उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।