काठमाडाैं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन्।
नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा संचालित सबै मेडिकल कलेजहरूको छानबिन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्थाहरू बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे।
नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिबद्ध रहेको दाबी पनि गरे। वर्षौं समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ।
नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अब ढिलाई नहुने विश्वास समेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।