काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध कदम चालिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले कसैको अनुहार होइन, व्यवहार हेर्ने पनि बताएका छन्।
आफ्नो व्यक्तिगत ट्विटर एकाउन्टबाट ट्विट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्– भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।