काठमाडौं– गायक सुमन केसीको नायाँ गीत ‘आदत–२’ सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द तथा शंकर थापा (स्माइल) को संगीत रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा ४ स्टार कलाकार पल शाह, आकाश श्रेष्ठ, दीपिका प्रसाई र निराजन श्रेष्ठको अभिनय देख्न सकिन्छ।
शान थापाको निर्देशन, अर्जुन तिवारी र बुद्ध थापाको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।