काठमाडौं- नेपाली कांग्रेसबाट विजयी भएका मेयर तथा उपमेयरहरुको राष्ट्रिय भेला आज पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। एकदिने भेलामा स्थानीय तहमा लगाइएको करका विषयमा विज्ञ तथा पार्टीका नेताहरुले प्रशिक्षण दिनेछन्।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले जितेका स्थानीय तहमा करको अवस्था बुझ्नका भेला डाकिएको बताए। 'कर लगाए पनि त्यो न्यायोचित हुनपर्छ,' उनले भने, 'कुन आधारमा र कस्तो मापदण्ड तोकेर कर लगाउने भन्ने विषयमा हामी छलफल गर्नेछौं।'
कांग्रेसका देशभर एक सय ८९ मेयर तथा उपमेयर रहेका छन्। सहभागीहरुलाई चार सेसनमा प्रशिक्षण दिने बताइएको छ।
पूर्वराजदूत डा शंकर शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, कानुनविद् शेरबहादुर केसी र पार्टी पदाधिकारीले प्रशिक्षण दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।