चितवन- बसको ठक्करबाट चितवनमा एक पैदलयात्रु महिलाको मृत्यु भएको छ। मृत्यु हुने अन्दाजी २५/३० वर्षकी रहेकी छन्। उनको सनाखत हुन बाँकी छ।
राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणामा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।