• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मनमोहन सिंहदेखि मीनाक्षी लेखीसम्म: लोकतन्त्रपछि कुन प्रधानमन्त्रीलाई दिल्लीमा कसको स्वागत?

64x64
किशोर दहाल बिहीबार, जेठ १८, २०८०  ०९:५७
1140x725

काठमाडौं– आफ्नो चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नयाँ दिल्ली पुगेका छन्। तेस्रो पटक प्रधानमन्त्री भएको पाँच महिनापछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा उनलाई भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। प्रचण्डको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो। कतिपय स्थानका फ्लेक्स बोर्डमा उनलाई स्वागत गरिएको लेखिएका छन्।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने चाहनाका कारण प्रधानमन्त्रीले अन्यत्रको निम्तोलाई बेवास्ता गरेका थिए। त्यसैले प्रचण्डका लागि यो भ्रमणको उच्च महत्त्व रहने नै भयो। तर भारतीय पक्षले उनलाई स्वागतका लागि राज्यमन्त्री पठाएर यो भ्रमणलाई महत्त्व नदिएको र अनिच्छाले स्वागत गरेको रुपमा नेपालमा उनका आलोचकहरुले टिप्पणी गरिरहेका छन्।

त्यस खालका टिप्पणी आधारहिन भने छैनन्। किनकि, भारतले विमानस्थलमा नेपाली प्रधानमन्त्रीको स्वागतका लागि एउटै पदका व्यक्ति पठाउने गरेकाे छैन। लोकतन्त्रको स्थापनापछिकै उदाहरण हेर्ने हो भने कुनै नेपाली प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले नै स्वागत गरेका छन्, कुनै प्रधानमन्त्रीलाई भने मन्त्री, राज्यमन्त्री वा शिष्टाचार महापालले समेत स्वागत गर्ने गरेका छन्।

दिल्ली विमानस्थलमा भारतीय पक्षबाट उच्च तहबाट स्वागत पाउने नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुन्। २०६३ जेठ २३ गते दिल्ली विमानस्थलमा उत्रिएका उनलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गरेका थिए। विमानस्थलमा हात मिलाउने क्रममा सिंहले कोइरालालाई भनेका थिए, ‘तपाईं दक्षिण एसियाकै महान नेता हुनुहुन्छ। हामी तपाईंप्रति गर्व गर्छौँ।’

२०६२/६३ को जनआन्दोलनको सफल नेतृत्व गरेका कोइरालाको छवि त्यतिबेला उच्च नै थियो। जसले केही वर्षदेखि आफ्नो अडानमा कायम रहँदै सफलता प्राप्त गरेका थिए। तत्कालीन राजालाई झुकाउँदै जनादेशको माध्यमबाट प्रधानमन्त्री भएका थिए। त्यसैले स्वदेशमा पनि उनलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने चर्चा चलेको थियो।

कोइरालापछि त्यही स्तरको स्वागत नेपाली पक्षले कहिल्यै पाएन। न त स्वागत गर्ने पदको एकरुपता रह्यो।

२०६४ को संविधान सभा निर्वाचनपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्ड २०६५ भदौ २९ गते भारत भ्रमणका लागि दिल्ली पुगेका थिए। त्यतिबेला उनलाई गृहराज्यमन्त्री शकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए।

त्यस्तै, माधवकुमार नेपाल (२०६६ भदौ २) लाई विदेश राज्यमन्त्री प्रणित कौरले स्वागत गरेकी थिइन्। उनीपछिका प्रधानमन्त्री झलनाथ खनाल भारत भ्रमणमा गएनन्। डा बाबुराम भट्टराई (२०६८ कात्तिक ३) लाई भारतीय परराष्ट्र मन्त्रालयकी चिफ अफ प्रोटोकल रुचिरा कम्बोजले स्वागत गरेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

भट्टराईपछि मन्त्रिपरिषद् अध्यक्ष भएका खिलराज रेग्मी पनि भारत भ्रमणमा गएनन्। उनीपछिका प्रधानमन्त्री सुशील कोइराला भने नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री भएका बेला सपथ ग्रहण समारोहमा भाग लिन २०७१ जेठ १२ गते दिल्ली गएका थिए। उनलाई विमानस्थलमा विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र परराष्ट्र मन्त्रालयकी चिफ अफ प्रोटोकल रुचिरा कम्बोजले स्वागत गरेका थिए।

२०७२ असोजमा नेपालमा संविधान घोषणा भएपछि भारत भ्रमणमा गएका लगातार तीन प्रधानमन्त्रीलाई विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। जसअनुसार, केपी शर्मा ओलीलाई २०७२ फागुन ७ गते, प्रचण्डलाई २०७३ भदौ ३० र शेरबहादुर देउवालाई २०७४ भदौ ७ गते स्वराजले स्वागत गरेकी थिइन्।

२०७४ को निर्वाचनपछि प्रधानमन्त्री भएका ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा चर्चित थिए। उनले २०७४ चैत २३ देखि भारत भ्रमण सुरु गरेका थिए। उनलाई दिल्लीमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।

ओलीलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई २०७८ चैत १८ मा रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। त्यसपछि प्रचण्डलाई बुधबार विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कूटनीतिक अर्थ कति?
प्रधानमन्त्री प्रचण्डलाई भारतका राज्यमन्त्रीले स्वागत गरेको विषयलाई उनलाई कम महत्त्व दिइएको भनेर व्याख्या गर्नुलाई उचित मान्दैनन्, विदेश मामलाका जानकार उद्धव प्याकुरेल। ‘कूटनीतिक सन्दर्भमा सबै जना विज्ञ बन्न खोज्ने प्रवृत्तिको पराकाष्ठा हो त्यो प्रतिक्रिया,’ उनले भने, ‘समग्र भ्रमणको ‘डिजाइन’ नहेरिकन कसले स्वागत गर्‍यो भन्ने सन्दर्भमा मात्रै भ्रमणको महत्त्वलाई हेर्न मिल्दैन। हिजोको सन्दर्भहरु र कूटनीतिक मर्यादाका अंशहरु पनि थाहा नपाएरै विज्ञ बन्ने र प्रतिक्रिया दिइहाल्ने नकारात्मक मानसिकताको उपज हो भन्ने ठान्छु।’

प्रधानमन्त्री वा राष्ट्रपतिको भ्रमण हुँदा कूटनीतिक भूमिका भएकै मान्छेले स्वागत गरेर लैजाने सामान्य प्रचलन रहेको उनको भनाइ छ। ‘एयरपोर्टमा आएर स्वागत गर्ने परराष्ट्र मामलाकै, कहिलेकाहीँ शिष्टाचार महापालको ड्युटी हो। उसको नामै त्यही हो। त्यसैले जुनसुकै ‘लेबल’को मान्छे आए पनि सामान्यतया शिष्टाचार महापाल सहभागी हुन्छन्। त्यसबाहेक जोजो उपलब्ध हुन्छन्, उनीहरु पनि सहभागी हुने गर्छन्’, उनले भने, ‘एयरपोर्टमै समकक्षिता खोज्नु भनेको थाहा नपाएको र सबै विज्ञ हुनखोज्नुको चरम रुप मात्रै हो।’

समकक्षीले भने दुई पक्षीय मिटिङ, डिनर जस्ता विशेष परिस्थितिमा मात्रै भेट्ने र त्यहीँ स्वागत गर्ने उनले बताए।

कहिलेकाहीँ भने अपवाद पनि हुने प्याकुरेलको भनाइ छ। तत्कालीन प्रधानमन्त्री कोइरालालाई मनमोहन सिंहले गरेको स्वागतलाई त्यही रुपमा लिनुपर्ने उनी बताउँछन्। ‘यस्तो त कूटनीतिमा कहिलेकाहीँ मात्रै हुन्छ,’ उनी भन्छन्।

नेपालमा भने स्वागतका लागि अन्यत्र जस्तो हुने गरेको पाइँदैन। अन्य देशबाट हुने उच्च तहको भ्रमणमा क्रममा अतिथिलाई स्वागत गर्न प्रधानमन्त्री नै पुग्ने गरेको पाइन्छ। प्याकुरेल भन्छन्, ‘त्यसलाई दुई कोणबाट हेर्न सकिन्छ। पहिलो, हाम्रोतर्फबाट दिइएको सदासयता भन्न सकिएला। अर्को, हामी बढी फुर्सद भएर पनि हो।’
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्