काठमाडौं- ‘कागज! बोतल! फलाम!’ ‘कागज! बोतल! फलाम!’
काठमाडौं उपत्यकावासीको कानमा बिहानदेखि बेलुकसम्म नै गुञ्जिने आवाज हो यो। काँधमा बोरा बोकेर कवाडीवाला बिहानै घरघर पुग्छन् र कोठा–कोठाका सामान लिएर फर्कन्छन्।
कवाडीका वस्तु बटुल्न हिँड्ने अधिकांश भारतीय र छिटफुट मात्र तराईवासी नेपाली छन्। फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, पुराना टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री संकलन गर्नु उनीहरूको दैनिकी हो।
कमाइ आकर्षक
भारतको उत्तरी तथा नेपालसँग सिमाना जोडिएका प्रान्त बिहारका रामनिया कुशवाह पाँच वर्षदखि काठमाडौंको मैतीदेवी आसपासमा कवाडीका सामान संकलन गर्दै आएका छन्।
कवाडीका वस्तु बटुलेरै आफूले दैनिक एक हजार रुपैयाँभन्दा बढी कमाउने गरेको उनी बताउँछन्। उनको मासिक कमाइ ४० हजार रुपैयाँसम्म पुग्छ। ‘कवाडीका सामग्री बटुलेर कमाएको पैसाले परिवार पालेको छु,’ उनी भन्छन्। एउटा साइकल र कवाडीका वस्तु बेचेर कमाएको पैसाको भरमा उनको परिवार धानिएको छ।

काठमाडौंकै डिल्लीबजारमा कवाडीका सामान बटुल्ने दिनेश यावदले मासिक ४० हजार कमाउँछन्। भारतको मोतिहारीका उनी विगत १० वर्षदेखि यही काम गर्दै आएका छन्।
बिजुली बजारमा भेटिएका कैलाली टीकापुरका विजय थारु दैनिक ५० किलोभन्दा बढी कवाडीका वस्तु संकलन गर्छन्। ‘कवाडी बटुलेर मासिक २० हजार रुपैयाँ परिवारलाई खर्च पठाउँछु,’ उनले भने । पुराना सामग्री खोज्न साइकलमा डुल्नेहरुको मासिक कमाइ राम्रै हुने गरेको उनीहरु स्वयं बताउँछन्।
कवाडी बटुलेर सहरलाई फोहोर हुनबाट जोगाए पनि दैनिक कवाडी सामानसँगै आर्जिएको आर्थिक स्रोत भने बाहिरिने गरेको छ। देशभित्र रोजगारीको अवसर नभएको भन्दै दैनिक सयौंको सख्यामा नेपाली युवा बिदेसिने गरेका छन्। तर, नेपालमा सामान्य काम गर्न विदेसी नागरिक ठूलो संख्यामा मासिक रुपमा आउने गरेको पाइन्छ।
भारतमा मौसमी खेतीबालीको काम सकिएपछि नेपालमा आएका धेरैले साइकल लिएर कवाडी बटुल्ने काम गर्ने गरेको पाइएको छ। तर यस्ता काममा नेपाली युवाले खासै चासो दिने गरेको पाइएको छैन।
कवाडी बटुल्ने र अन्य तरकारी लगायतको सामान्य काममा गर्न तेस्रो देशका नागरिक नेपाल आउने क्रम बढ्दो छ।
कवाडीका सामग्री बटुल्नेको संख्या वार्षिक रुपमा थपिँदै आएको उनीहरुको भनाइ छ। भारतमा मौसमी खेतीबालीको काम सकिएपछि नेपालमा आएका धेरैले साइकल लिएर कवाडी बटुल्ने काम गर्ने गरेको पाइएको छ। तर यस्ता काममा नेपाली युवाले खासै चासो दिने गरेको पाइएको छैन। जसका कारण कवाडीको सामग्री संकलन गर्न गर्न भारतीय नागरिक आउने गरेका छन्।
यसरी कवाडी बटुल्न हिँड्ने मानिस १२ देखि ६० वर्ष उमेर समूहका हुन्छन्।
लगानी कम, कमाइ मनग्गे
कवाडीका सामग्री बटुल्न खासै लगानी लाग्दैन। एउटा साइकल भए कवाडी उठाउने काम गर्न सजिलै सकिन्छ।
लगानी कम र कमाइ पनि मनग्गे हुने भएकाले यो काममा भारतीयको आकर्षण बढेको देखिन्छ। पछिल्लो समय अन्य काम गर्न आएका भारतीय र बंगाली नागरिकले समय मिलाएर कवाडीका सामग्री बटुल्ने काम गर्दै आएका छन्।

नयाँ बानेश्वर क्षेत्रमा कवाडी बटुल्ने लिलाम कुशवाह अरू बेला घरमा रङ लगाउने काम गर्छन्। रङको काम नभएको बेला साइकल लिएर कवाडी बटुल्न हिँड्ने गरेको उनको भनाइ छ।
उनीसँगै धनुषाबाट कामको खोजीमा उपत्यका पसेका ५ जना रङ लगाउने कामसँगै कवाडी बटुल्ने काम गर्दै आएका छन्। कवाडीका सामग्री संकलन गरेर मात्र पनि दिनमा ७ सय देखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
सँगसँगै भाँडाकुँडाको व्यापार
पछिल्लो समय कवाडीवालाले कवाडीसँगै घरायसी सामाग्री सट्टापट्टा गरेर दोहोरो फाइदा लिने गरेका छन्। एकतिर कवाडी संकलन गर्ने, अर्कोतिर कम्पनीबाट आवश्यक सामाग्री लिएर कवाडीसँग साट्ने गरेका छन्।
उनीहरु पुरानो कवाडीको सामान लिएर नयाँ भाँडाकुँडा दिने काम पनि गर्छन्।
राजधानीमा मात्र ७ सयभन्दा कवाडी संकलन केन्द्र संचालनमा छन्। यी संकलन केन्द्रका लागि करिब ९ हजार कवाडीवालाले कवाडी बटुल्ने काम गर्दै आएका काठमाडौं महानगरपालिककाको अनुमान छ। उनका अनुसार देशभर यो संख्या करीब ७५ हजार रहेको छ।
ग्रामीण भेगमा कवाडी बटुल्नेले कवाडीसँगै दैनिक आवश्यक सामाग्रीको व्यापार गर्ने गरेका छन्। भारतमा सिमाना जोडिएका क्षेत्रमा कवाडीवालाले कवाडीसँग धान, नुन र कृषि सामग्रीको व्यापार गर्छन्।
नाफा चौगुना
कवाडीवालाले समान भेला पारेर बिक्री गरेबापत चौगुना नाफा कमाउने गरेको पाइएको छ। उनीहरुले फलाम प्रतिकेजी १५ रुपैयाँ, कीटमा १५, कागत १० र प्लास्टिकमा ९ रुपैयाँका दरले किन्ने गरेका छन्। त्यसबापत प्रतिकेजी १० देखि ३० रुपैयाँ नाफा लिएर कवाडी संकलन केन्द्रमा उनीहरु बिक्री गर्छन्।
१० रुपैयाँमा ल्याएको पुराना कागज २० रुपैयाँसम्ममा बिक्री हुने गरेको सेतो पुलमा नजिकै कवाडी संकलन गर्दै आएका जीवन कुरुवाले बताए। कवाडी बटुल्नेहरुले चौगुणा नाफा खाएर कवाडीको समान बिक्री गर्ने गरेको उनको भनाइ छ।
नेपालमा कवाडी व्यापार गर्दै आएका कुरुवाका अनुसार नेपालमा १५ मा किनेको पुरानो फलाम भारतमा भारु २५, कीट भारु १८, कागत १७ रुपैयाँ र प्लास्टिक १७ रुपैयाँमा बिक्री हुने गरेको छ।
ढुवानी खर्च कटाएर प्रतिकिलो १० रुपैयाँ नाफा हुने गरेका कुरुवाको भनाइ छ।

राजधानीमा मात्र ७ सयभन्दा कवाडी संकलन केन्द्र संचालनमा छन्। यी संकलन केन्द्रका लागि करिब ९ हजार कवाडीवालाले कवाडी बटुल्ने काम गर्दै आएका काठमाडौं महानगरपालिककाको अनुमान छ। उनका अनुसार देशभर यो संख्या करीब ७५ हजार रहेको छ।
उपत्यकामा काम गर्ने र संकलन केन्द्रको विषयमा महानगरपालिकाले चासो दिएर काम गर्न नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले स्वीकारे।
कवाडीका समानतिर सरकारले ध्यान नदिदाँ मासिक करोडौं रकम बिदेसिने गरेको छ। कवाडीका समानमा राजस्व छली पनि हुने गरेको देखिन्छ। कवाडीबाट कति राजश्व उठ्छ भन्ने यथार्थ विवरण नभएको प्रवक्ता कार्कीको भनाइ छ।
नेपालबाट संकलन गरेर भारत पुर्याइएको कवाडीका सामग्रीले राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ। त्यहाँ तीन गुणासम्म बढी मूल्यमा बिक्री हुने गरेको छ। जसका कारण कतिपय कवाडी संकलन केन्द्रले तलब सुविधा दिएर नै भारत र बंगलादेशबाट कवाडी बटुल्ने ज्यालादारी कामदार ल्याउने गरेका छन्।
कवाडी व्यापारका विषयमा सरकार बेखबर
कवाडी संकलन गर्ने व्यक्तिको संख्यात्मक तथ्यांक सरकारसँग छैन। यो पेसामा कति व्यापारी छन् भने विषयमा सरकार नै बेखबर छ।
समय सयममा फाट्टफुट्ट मात्र देखिने भएकाले यस विषयमा सरकारले खासै ध्यान दिएको छैन। उनीहरुको सुरक्षामा सरकारले खासै ध्यान दिएको छैन।
कवाडीका समानतिर सरकारले ध्यान नदिदाँ मासिक करोडौं रकम बिदेसिने गरेको छ। कवाडीका समानमा राजस्व छली पनि हुने गरेको देखिन्छ। कवाडीबाट कति राजश्व उठ्छ भन्ने यथार्थ विवरण नभएको प्रवक्ता कार्कीको भनाइ छ। अब भने संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेर करको दायरामा ल्याउने योजना रहेको प्रवत्ता कार्कीले बताए।
महानगरपालिकाका प्रवक्ता कार्की कै भनाइलाई आधार मान्ने हो भने प्रायः कवाडीवाला तथा कवाडी संकलन केन्द्रका विषयमा हालसम्म सरकारी निकाय नै बेखबर रहेको थाहा हुन्छ।
सरकारले कवाडीको सामान भनेर निकासी लगायतका विषयमा खासै कडाइ नगर्दा यस क्षेत्रका समस्या बाहिर आउने गरेका छैनन्। कवाडी बटुल्नेहरु बेला–बेलामा चोरीका समान बिक्री गर्ने कार्यमा समेत संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।