• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कवाडीसँगै बाहिरिन्छ कराेडाैं रकम

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०७५  ००:३०
1140x725

काठमाडौं- ‘कागज! बोतल! फलाम!’ ‘कागज! बोतल! फलाम!’

काठमाडौं उपत्यकावासीको कानमा बिहानदेखि बेलुकसम्म नै गुञ्जिने आवाज हो यो। काँधमा बोरा बोकेर कवाडीवाला बिहानै घरघर पुग्छन् र कोठा–कोठाका सामान लिएर फर्कन्छन्।

कवाडीका वस्तु बटुल्न हिँड्ने अधिकांश भारतीय र छिटफुट मात्र तराईवासी नेपाली छन्। फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, पुराना टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री संकलन गर्नु उनीहरूको दैनिकी हो।

कमाइ आकर्षक

भारतको उत्तरी तथा नेपालसँग सिमाना जोडिएका प्रान्त बिहारका रामनिया कुशवाह पाँच वर्षदखि काठमाडौंको मैतीदेवी आसपासमा कवाडीका सामान संकलन गर्दै आएका छन्।

कवाडीका वस्तु बटुलेरै आफूले दैनिक एक हजार रुपैयाँभन्दा बढी कमाउने गरेको उनी बताउँछन्। उनको मासिक कमाइ ४० हजार रुपैयाँसम्म पुग्छ। ‘कवाडीका सामग्री बटुलेर कमाएको पैसाले परिवार पालेको छु,’ उनी भन्छन्। एउटा साइकल र कवाडीका वस्तु बेचेर कमाएको पैसाको भरमा उनको परिवार धानिएको छ।

काठमाडौंकै डिल्लीबजारमा कवाडीका सामान बटुल्ने दिनेश यावदले मासिक ४० हजार कमाउँछन्। भारतको मोतिहारीका उनी विगत १० वर्षदेखि यही काम गर्दै आएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

बिजुली बजारमा भेटिएका कैलाली टीकापुरका विजय थारु दैनिक ५० किलोभन्दा बढी कवाडीका वस्तु संकलन गर्छन्। ‘कवाडी बटुलेर मासिक २० हजार रुपैयाँ परिवारलाई खर्च पठाउँछु,’ उनले भने । पुराना सामग्री खोज्न साइकलमा डुल्नेहरुको मासिक कमाइ राम्रै हुने गरेको उनीहरु स्वयं बताउँछन्।

कवाडी बटुलेर सहरलाई फोहोर हुनबाट जोगाए पनि दैनिक कवाडी सामानसँगै आर्जिएको आर्थिक स्रोत भने बाहिरिने गरेको छ। देशभित्र रोजगारीको अवसर नभएको भन्दै दैनिक सयौंको सख्यामा नेपाली युवा बिदेसिने गरेका छन्। तर, नेपालमा सामान्य काम गर्न विदेसी नागरिक ठूलो संख्यामा मासिक रुपमा आउने गरेको पाइन्छ।

भारतमा मौसमी खेतीबालीको काम सकिएपछि नेपालमा आएका धेरैले साइकल लिएर कवाडी बटुल्ने काम गर्ने गरेको पाइएको छ। तर यस्ता काममा नेपाली युवाले खासै चासो दिने गरेको पाइएको छैन।

कवाडी बटुल्ने र अन्य तरकारी लगायतको सामान्य काममा गर्न तेस्रो देशका नागरिक नेपाल आउने क्रम बढ्दो छ।

कवाडीका सामग्री बटुल्नेको संख्या वार्षिक रुपमा थपिँदै आएको उनीहरुको भनाइ छ। भारतमा मौसमी खेतीबालीको काम सकिएपछि नेपालमा आएका धेरैले साइकल लिएर कवाडी बटुल्ने काम गर्ने गरेको पाइएको छ। तर यस्ता काममा नेपाली युवाले खासै चासो दिने गरेको पाइएको छैन। जसका कारण कवाडीको सामग्री संकलन गर्न गर्न भारतीय नागरिक आउने गरेका छन्।

यसरी कवाडी बटुल्न हिँड्ने मानिस १२ देखि ६० वर्ष उमेर समूहका हुन्छन्।

लगानी कम, कमाइ मनग्गे

कवाडीका सामग्री बटुल्न खासै लगानी लाग्दैन। एउटा साइकल भए कवाडी उठाउने काम गर्न सजिलै सकिन्छ।

लगानी कम र कमाइ पनि मनग्गे हुने भएकाले यो काममा भारतीयको आकर्षण बढेको देखिन्छ। पछिल्लो समय अन्य काम गर्न आएका भारतीय र बंगाली नागरिकले समय मिलाएर कवाडीका सामग्री बटुल्ने काम गर्दै आएका छन्।

नयाँ बानेश्वर क्षेत्रमा कवाडी बटुल्ने लिलाम कुशवाह अरू बेला घरमा रङ लगाउने काम गर्छन्। रङको काम नभएको बेला साइकल लिएर कवाडी बटुल्न हिँड्ने गरेको उनको भनाइ छ।

उनीसँगै धनुषाबाट कामको खोजीमा उपत्यका पसेका ५ जना रङ लगाउने कामसँगै कवाडी बटुल्ने काम गर्दै आएका छन्। कवाडीका सामग्री संकलन गरेर मात्र पनि दिनमा ७ सय देखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

सँगसँगै भाँडाकुँडाको व्यापार

पछिल्लो समय कवाडीवालाले कवाडीसँगै घरायसी सामाग्री सट्टापट्टा गरेर दोहोरो फाइदा लिने गरेका छन्। एकतिर कवाडी संकलन गर्ने, अर्कोतिर कम्पनीबाट आवश्यक सामाग्री लिएर कवाडीसँग साट्ने गरेका छन्।

उनीहरु पुरानो कवाडीको सामान लिएर नयाँ भाँडाकुँडा दिने काम पनि गर्छन्।

राजधानीमा मात्र ७ सयभन्दा कवाडी संकलन केन्द्र संचालनमा छन्। यी संकलन केन्द्रका लागि करिब ९ हजार कवाडीवालाले कवाडी बटुल्ने काम गर्दै आएका काठमाडौं महानगरपालिककाको अनुमान छ। उनका अनुसार देशभर यो संख्या करीब ७५ हजार रहेको छ।

ग्रामीण भेगमा कवाडी बटुल्नेले कवाडीसँगै दैनिक आवश्यक सामाग्रीको व्यापार गर्ने गरेका छन्। भारतमा सिमाना जोडिएका क्षेत्रमा कवाडीवालाले कवाडीसँग धान, नुन र कृषि सामग्रीको व्यापार गर्छन्।

नाफा चौगुना

कवाडीवालाले समान भेला पारेर बिक्री गरेबापत चौगुना नाफा कमाउने गरेको पाइएको छ। उनीहरुले फलाम प्रतिकेजी १५ रुपैयाँ, कीटमा १५, कागत १० र प्लास्टिकमा ९ रुपैयाँका दरले किन्ने गरेका छन्। त्यसबापत प्रतिकेजी १० देखि ३० रुपैयाँ नाफा लिएर कवाडी संकलन केन्द्रमा उनीहरु बिक्री गर्छन्।

१० रुपैयाँमा ल्याएको पुराना कागज २० रुपैयाँसम्ममा बिक्री हुने गरेको सेतो पुलमा नजिकै कवाडी संकलन गर्दै आएका जीवन कुरुवाले बताए। कवाडी बटुल्नेहरुले चौगुणा नाफा खाएर कवाडीको समान बिक्री गर्ने गरेको उनको भनाइ छ।

नेपालमा कवाडी व्यापार गर्दै आएका कुरुवाका अनुसार नेपालमा १५ मा किनेको पुरानो फलाम भारतमा भारु २५, कीट भारु १८, कागत १७ रुपैयाँ र प्लास्टिक १७ रुपैयाँमा बिक्री हुने गरेको छ। 
ढुवानी खर्च कटाएर प्रतिकिलो १० रुपैयाँ नाफा हुने गरेका कुरुवाको भनाइ छ।

राजधानीमा मात्र ७ सयभन्दा कवाडी संकलन केन्द्र संचालनमा छन्। यी संकलन केन्द्रका लागि करिब ९ हजार कवाडीवालाले कवाडी बटुल्ने काम गर्दै आएका काठमाडौं महानगरपालिककाको अनुमान छ। उनका अनुसार देशभर यो संख्या करीब ७५ हजार रहेको छ।

उपत्यकामा काम गर्ने र संकलन केन्द्रको विषयमा महानगरपालिकाले चासो दिएर काम गर्न नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले स्वीकारे।

कवाडीका समानतिर सरकारले ध्यान नदिदाँ मासिक करोडौं रकम बिदेसिने गरेको छ। कवाडीका समानमा राजस्व छली पनि हुने गरेको देखिन्छ। कवाडीबाट कति राजश्व उठ्छ भन्ने यथार्थ विवरण नभएको प्रवक्ता कार्कीको भनाइ छ।

नेपालबाट संकलन गरेर भारत पुर्याइएको कवाडीका सामग्रीले राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ। त्यहाँ तीन गुणासम्म बढी मूल्यमा बिक्री हुने गरेको छ। जसका कारण कतिपय कवाडी संकलन केन्द्रले तलब सुविधा दिएर नै भारत र बंगलादेशबाट कवाडी बटुल्ने ज्यालादारी कामदार ल्याउने गरेका छन्।

कवाडी व्यापारका विषयमा सरकार बेखबर

कवाडी संकलन गर्ने व्यक्तिको संख्यात्मक तथ्यांक सरकारसँग छैन। यो पेसामा कति व्यापारी छन् भने विषयमा सरकार नै बेखबर छ।

समय सयममा फाट्टफुट्ट मात्र देखिने भएकाले यस विषयमा सरकारले खासै ध्यान दिएको छैन। उनीहरुको सुरक्षामा सरकारले खासै ध्यान दिएको छैन।

कवाडीका समानतिर सरकारले ध्यान नदिदाँ मासिक करोडौं रकम बिदेसिने गरेको छ। कवाडीका समानमा राजस्व छली पनि हुने गरेको देखिन्छ। कवाडीबाट कति राजश्व उठ्छ भन्ने यथार्थ विवरण नभएको प्रवक्ता कार्कीको भनाइ छ। अब भने संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेर करको दायरामा ल्याउने योजना रहेको प्रवत्ता कार्कीले बताए।

महानगरपालिकाका प्रवक्ता कार्की कै भनाइलाई आधार मान्ने हो भने प्रायः कवाडीवाला तथा कवाडी संकलन केन्द्रका विषयमा हालसम्म सरकारी निकाय नै बेखबर रहेको थाहा हुन्छ।

सरकारले कवाडीको सामान भनेर निकासी लगायतका विषयमा खासै कडाइ नगर्दा यस क्षेत्रका समस्या बाहिर आउने गरेका छैनन्। कवाडी बटुल्नेहरु बेला–बेलामा चोरीका समान बिक्री गर्ने कार्यमा समेत संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्ने गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्