काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल ५’ले प्रदर्शनको दुई दिनमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पारिवारिक नाट्य विधामा निर्माण भएको उक्त फिल्मले प्रदर्शनको दोस्राे दिनसम्ममा १ करोड ४८ लाखको व्यापार गरेको छ।
वितरक सुनिल मानन्धरले प्रदर्शनको पहिलो दिन फिल्मले अपेक्षा अनुरुपको व्यापार गर्न नसके पनि शनिबार भने उत्साहजनक व्यापार गर्न सफल रहेको बताए। उनले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘फिल्मले दुई दिनमा उपत्यकामा ६७ लाख र उपत्यका बाहिरबाट ८१ लाखको व्यापार गरेकाे छ।’
वितरक सुनिलको व्यापार रिपोर्ट सत्य रहेको भन्दै फिल्मका निर्देशक तथा निर्माता विकासराज आचार्यले यस हप्ताभित्रमा फिल्मको लगानी सुरक्षित हुनेमा आशावादी रहेको बताए।
बिशेषगरी मल्टिप्लेक्स हलभन्दा सिंगल थिएटरमा फिल्मले आक्रामक व्यापार गरेको फिल्मका निर्माताले जानकारी दिए।
करिब १ करोड ४५ लाख लगानीमा निर्माण गरिएको फिल्मले नाफा कमाउन भने ६ करोडको व्यापार गर्न आवश्यक रहेको निर्माता अचार्यको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।