काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभामा बोल्दै ओलीले विकासलाई तीव्र गतिमा बढाउनु पर्ने धारणा राखे।
‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ’, ओलीले भने, ‘त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ।’
विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीले बताए। देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।