काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले संसदमा महिलाविरुद्ध संकल्प प्रस्ताव पारित गर्दैगर्दा महिला तथा बालबालिकामाथि हुने हिंसामा कमी नआएको बताएकी छन्।
प्रतिनिधिसभामा बौल्दै पाण्डेले पोखरामा १३ वर्षीया सुष्मा केसीको हत्या, उदयपुरमा किशोरीको सामूहिक बलात्कार र बानेश्वरमा जबरजस्ती करणीमा परेकी महिलाको उजुरी लिन प्रहरीद्वारा आनाकानीका विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
निर्मला पन्तमाथिको बलात्कार र हत्यामा संलग्न अपराधीको अझै पत्तो नलागेको बताउँदै पाण्डेले यी सबै घटनाको यथार्थता र अनुसन्धानको काम कहाँ पुगेको छ? भन्दै सरकारसँग जवाफ मागिन्।
संसदबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको प्रक्रिया यथाशीघ्र थालनी गर्न पनि उनले सरकारसँग माग गरिन्।
(यसअघि वृन्दा पाण्डे उल्लेख भएकोमा सच्याइएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।