काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका शरणार्थी नेता टेकनाथ रिजालले टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमै चिनाजान भएको बयान दिएका छन्।
उक्त प्रकरणमा समातिएका नेता रिजालले प्रहरी समक्ष उक्त बयान दिएका हुन्। ‘टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यसबाहेक अन्य प्रतिवादीहरूलाई चिन्दिनँ,’ नेता रिजालले बयान दिएका छन्।
यस्तो छ रिजालको पूर्ण बयानः
जाहेरवाला मध्येका प्रेमराज पन्थीलाई म चिन्छु, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजानेमा भूमिका खेल्ने व्यक्तिका रूपमा म उनलाई ३ वर्ष अघिदेखि चिन्छु। अन्य जाहेरवालासँग मेरो चिनजान छैन।
केशवप्रसाद दुलाल र सानु भण्डारीलाई करिब ४ वर्षअगाडि भुटानी शरणार्थी समस्या समाधानको सन्दर्भमा चिनजान भएको, डाक्टर इन्द्रजित राईलाई १५ वर्षदेखि चिन्छु, टेकनारायण पाण्डेलाई यसअघि गृहसचिव हुँदा देखेको मात्र हो।
रामशरण केसीलाई मेरो बिर्तामोडमा भएको घर मर्मतको सिलसिलामा २ वर्ष पहिलेदेखि चिन्छु, टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यसबाहेक अन्य प्रतिवादीहरूलाई चिन्दिनँ।
जाहेरवाला समेतका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, इन्द्रजित राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने मलाई थाहा छ।
करिब ४ वर्षपहिले मलाई सानु भण्डारी र केशवप्रसाद दुलालले टोपबहादुर रायमाझीसँग भेट गराई टोपबहादुर रायमाझीसँग कुरा गराउँदा टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूमध्ये तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहनेहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरूलाई भुटानीहरूकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ, सोमा तपाईंले सहयोगी भूमिका खेलिदिनु पर्यो भनेर मलाई भनेका हुन्।
नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरेपछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरूको समस्या पूर्ण रूपमा समाधान हुनुपर्छ, नेपालीहरूलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन।
तर तपाईंहरू भुटानीहरूको नाममा नेपालीहरूलाई तेस्रो मुलुक लैजाने हो भने सोबाट भुटानीहरूलाई मर्का नपार्ने र निजहरूबाट रकम नलिने गरी मिलाउन सक्नुहुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ।
यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी, केशवप्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिव समेतसँग कुरा गरी कार्यदल समेत बनाई काम सुरू गरेका हुन्। म कसैलाई ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल र सानु भण्डारी संलग्न छन्। सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा संलग्न छन्।
निजहरूले जाहेरवाला समेतबाट रकम संकलन गरी लिने र संकलन भएको रकम मध्येबाट आफूहरूले व्यापार बिजनेस समेतमा खर्च गर्ने र सोही रकम मध्येबाट टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह सचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको कुरा बाहिर सुनेको हुँ। के कति रकम लिए दिए भन्ने म एकिन साथ भन्न सक्दिनँ। यस कार्यमा टोपबहादुर रायमाझी यस कार्यको सुरूवातमा योजनाकारको रूपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छन।
यसबाहेक प्रेमराज पन्थी, रामशरण केसीसमेत भई रकम संकलन गर्ने सानु भण्डारी र केशव दुलाललाई दिने कार्यमा निजहरू संलग्न छन्। यस कार्यमा रकम संकलन गर्ने र बाँडी लिने कार्यमा अन्य को(को संलग्न छन भन्ने मलाई थाहा छैन। जिल्ला भक्तपुरको सिरूटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसँग म आजभन्दा २० वर्षपहिले नेपाल आउँदाका बखतदेखि नै चिनजान भएको हो।
निजले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने भनेर पीडितहरूबाट रकम लिएको बारेमा मलाई थाहा छैन। जाहेरवाला प्रेमराज पन्थीलाई मैले भेटेको होइन। निजलाई मैले अमेरिका लैजाने बारेमा कुनै कुरा गरेको छैन।
प्रेमराज पन्थीसँग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेकोबारे मलाई थाहा छैन। यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होइन र मैले निर्देशन दिएको पनि होइन।
भेषराज शर्मा लम्साल मेरो चिनजानका मानिस हुन्। करिब १५ वर्ष पहिले धोबिघाटमा म डेरा बस्दा डेरा बसेको घरको घरधनी भेषराज शर्मा लम्सालका आफन्त भएकोले त्यही निजसँग भेट भई साथीको सम्बन्ध भएको हो। करिब १४ वर्ष पहिले केशवप्रसाद दुलाल र सानु भण्डारी मलाई भेट्न झापा गएकोमा निजहरूले मलाई मेरो घरमा नै भेटेका हुन्।
निजहरूले मलाई भुटानी शरणार्थीहरूको समस्याको बारेमा घुमाउरो शैलीमा कुरा गरी १००र१५० जना नेपाली नागरिकहरूलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नुपर्यो भन्ने प्रस्ताव गरेका थिए।
सो विषयमा म उक्त काम गर्ने कुनै कार्यकारी वा अधिकारप्राप्त व्यक्ति नभएको हुँदा कसलाई पठाउने वा नपठाउने विषयमा मेरो कुनै भूमिका रहने कुरै भएन तर नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरूको तेस्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फिर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरू भुटानीको नाममा अमेरिका जाने हुन भन्ने मेरो सरोकारको विषय नै थिएन।
यही व्यहोरा मैले निजहरूलाई बताएकोमा सोको केही समयपछि केशवप्रसाद दुलाल, भेषराज लम्साल र सानु भण्डारीले नेपालीहरूको भुटान मानव अधिकार संगठनको सदस्यता कार्ड बनाएको बारेमा मैले छनक पाएको थिएँ।
निजहरूले बनाएको कार्डमा मलाई सही गर्नका लागि अनुरोध गरेकोमा मैले सरकारी तवरमा कुरा नगरी म कार्डमा सही गर्दिनँ भनेको हुँ तर सो कुरामा मलाई इन्द्रजित राई र टोपबहादुर रायमाझीले समेत भनेको हुँदा नेपाल सरकारका निजहरू दुबै जनाले नेपालीहरूको नाममा भुटानी कार्ड बनाउँदा कुनै समस्या नपर्ने भनेको, म आफू नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनुपर्ने सुविधाहरू रोकिरहेको अवस्थामा सो सुविधासमेत प्राप्त हुने आश्वासनसमेत प्राप्त भएको तथा सरकारी तवरमा टोपबहादुर रायमाझी र इन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरूको सरूवा बढुवा गराउन, आफ्ना लागि तुरून्त सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशवप्रसाद दुलाल यस कार्यमा संलग्न भएकोले निजहरू विश्वासमा मैले केही कार्डहरूमा सहीछाप गरिदिएको हो।
बाँकी कार्डहरू प्रविधिको दुरूपयोग गरी वा अन्य तवरबाट बनाए भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिनँ, निज मेरा सल्लाहकार पनि होइनन्। नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा गोकुल थापा जानकार छन् र निजले केशवप्रसाद दुलाल र सानु भण्डारीसँग मिलेर सोसम्बन्धी कार्य गरेका हुन्। तर मैले कोही कसैलाई अमेरिका लैजाने भन्नेबारे निजसँग कुरा गरेको छैन।
गोकुल थापाले रामशरण केसीबाट रकम, नागरिकताको फोटोकपी र फोटो लिएको मलाई थाहा छैन। गोकुल थापाबाट मैले कुनै रकम लिएको छैन। रामशरण केसी र प्रेमराज पन्थी मेरो घरमा जाने(आउने गरी रहने मानिस हुन्। रामशरण केसीले गोकुल थापा, सानु भण्डारी र केशवप्रसाद दुलालले निजहरू समेतबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम लिएको र काम नगरेको भनेर गुनासो गर्ने गरेका हुन्।
तर म निजहरूबाट रकम लिने कार्यमा संलग्न छैन। निजहरू बीचको लेनदेनको बारेमा मलाई थाहा भएन। करिब ६ वर्षपहिले रामशरण केसी मेरो घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने हाम्रो योजना छ, तपाईंले मद्दत गरी दिनुहोस् भन्न आएका थिए। मैले सो बेला सख्त इन्कार गरेको थिएँ।
सोपछि पनि निज रामशरण केसीले मलाई पटक(पटक सो बारेमा फोनबाट अनुरोध गरिहेका थिए। पछि गोकुल थापामार्फत् नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजानेसम्बन्धी काम गरी रहेका सानु भण्डारी र केशव दुलालसँग मेरो भेट भई कुरा भएपछि मैले रामशरण केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चावहिलको ब्ज्ञ९एवान० पार्टी प्यालेसमा भेट गराइदिएको हो ।
सोपश्चात् पनि रामशरण केसीको काम समयमा नभएपछि मलाई रामशरण केसीले सो बारेमा गुनासो गर्ने गरेका हुन्। मैले निजसँग रकम लिएको र निजलाई ठगी गरेको छैन। मैले रामशरण केसी समेतका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड ९परिचय पत्र० बनाई दिने भनी कार्डहरू लिएको होइन।
रामशरणबाट केशव दुलाल र सानु भण्डारीले कार्डहरू लिई मलाई सही गराएको हुन सक्छ। मैले कोही कसैबाट रकम लिएको होइन। मैले रामशरण केसीलगायत कोही कसैसँग रकम लिएको छैन, यो सबै झुठ्ठा हो। मैले कार्डहरू बनाएको होइन, केशवप्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सही सम्म गरेको हो। मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन।
केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन्। कुन(कुन कार्डहरूमा मैले सही गरेको थिएँ भन्ने हाल एकिनसाथ भन्न सक्दिनँ। लक्ष्मी कोइराला, कृष्ण कोइराला, रामशरण केसी र प्रेम पन्थीका विरूद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।
प्रेमराज पन्थी र लक्ष्मी कोइरालासहित झापा बिर्तामोडका ६र७ जना मानिसहरू मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल(हुज्जत नै गर्न लागेपछि मैले ‘तिमीहरूको रकम मैले कहिले लिएको होरु प्रमाणबिना मेरो घरमा घेर्न आएका हौरु’ भनेपछि निजहरू मेरो घरबाट गए। मेरो घरमा जाने मानिसहरू लक्ष्मी कोइराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोइराला र रामशरण केसी भएकाले मैले निजहरूविरूद्ध प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो। निवेदनउपर छलफल हुँदा रामशरण केसी र लक्ष्मी कोइराला गौशाला गएका थिए।
सो बेला रामशरण केसीले मबाट रु। १,३०,०००र( ९एक लाख तीस हजार० रकम पाउनु छ भनेर जिकिर लिएका थिए। मैले रामशरणलाई औषधीसमेत किनाएको रकम रु।१,३०,०००।( ९एक लाख तीस हजार० दिनु पर्नेमा सो रकम म दिन्छु भनेपछि प्रहरीले रकमको कुरा बाहिरै मिलाउनु होस् भनेर हामीहरूलाई पठाएका हुन।
सानु भण्डारीले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने सन्दर्भमा मलाई काठमाडौं बोलाउँदा, होटलमा राख्दा, खाना समेतको खर्च बापतको रकम आफ्नो डायरीमा टिपेर राखेको हो। इन्द्रजित राई, म र केशवप्रसाद दुलालको फोटो गृह मन्त्रालयमा खिचिएको फोटो हो। म र केशव दुलाल गृह मन्त्रालयमा गई इन्द्रजितराईसँग भेटेको बेला इन्द्रजित राईको कार्यकक्षमा खिचिएको फोटो हो। सो बेला इन्द्रजित राई र म गई सचिव र गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थीसम्बन्धी विषयमा कुरा भएको थियो ।
इन्द्रजित राई र केशव दुलालसँग खिचिएको मेरो उक्त फोटो देखाई मसँग सम्बन्ध भएको भन्ने विश्वासमा पारी जाहेरवाला समेतका मानिसहरूबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम संकलन गर्ने माध्यमको रूपमा सो फोटो दुरूपयोग गरेको कुरा मैले पछि थाहा पाएँ। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थीहरू बनाई यति विघ्न रकम संकलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी मलाई पहिले थिएन।
टोपबहादुर रायमाझी र इन्द्रजित राई सरकारी निकायकै तर्फबाट यस प्रकरणमा सक्रिय रहेको साथै केशवप्रसाद दुलाल र सानु भण्डारी सरकारी निकायमा उच्च सरकारी कर्मचारीहरूको सरूवा(बढुवा गराउन सक्ने पहुँच बनाएका व्यक्तिहरू नै संलग्न रहेको मानिसहरू सक्रिय रहेका कारण सरकारी तवरबाटै उक्त काम भएको कुरामा मलाई विश्वास भयो भने म भुटानी शरणार्थी भई नेपाल सरकारको सुविधामा बसिरहेको मानिसले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा कहीँकतै उजुरबाजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितिमा मैले औपचारिक रूपमा कहीँकतै उजुरबाजुर गर्ने ठाउँ नै नपाएको हो।
म नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यको सुरूवातदेखि नै विरोध गरिरहेको मानिस हो। तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो।
म एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र उपस्थितिमा भएको नेपालीहरूलाई नक्कली भुटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामर्थ्य बाहिरको कुरा थियो।
मैले नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मेरो पहुँचभन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाइदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होइन।
नेपाल सरकारबाट भुटानी शरणार्थीहरूको नाममा नेपालीहरूलाई नक्कली भुटानी बनाउने कार्यमा नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन नै सहयोगी रहेको र सो प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने पदाधिकारीहरूलाई जानकारीमा रहेको भन्ने मैले बुझेको छु ।
यस्तो कार्य गर्ने सरकारी निकायका पदाधिकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन्। सानु भण्डारी, अशोक पोखरेल र केशव दुलालले डिजाइन गरेर नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने भनेर रकम संकलन गरेका हुन र पछि सो कार्यमा प्रेमराज पन्थी र रामशरण केसी पनि जोडिएका हुन् भने सरकारी तवरबाट इन्द्रजित राई, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र तत् समयका अन्य पदाधिकारी संलग्न छन्।
अन्य को-को भई कसरी नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्य गर्नका लागि रकम संकलन गरे र कस (कसको कति कति रकम ठगी भयो तथा ठगीको रकम कसले कसले लियो भन्नेबारे मलाई थाहा छैन। म ठगी गर्ने तथा सोको लागि संगठन बनाउने र परिचालन गर्ने समेतको कार्यमा संलग्न छैन।
सुमित्रा पौडेल मेरो चिनजानको एकल महिला हुन्, निजलाई केशवप्रसाद दुलाल र सानु भण्डारीले अमेरिका पठाउने भनी निजबाट रकम लिएर का नगरेकोले निजले सो बारेमा मसँग चासो राखेकी हुन्। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।