• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

टेकनारायण रिजालको बयान: टोपबहादुर रायमाझीलाई भुटानी शरणार्थी पुनर्स्थापनाको सन्दर्भमै चिनेको हुँ 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १९:२५
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका शरणार्थी नेता टेकनाथ रिजालले टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमै चिनाजान भएको बयान दिएका छन्। 

उक्त प्रकरणमा समातिएका नेता रिजालले प्रहरी समक्ष उक्त बयान दिएका हुन्। ‘टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यसबाहेक अन्य प्रतिवादीहरूलाई चिन्दिनँ,’ नेता रिजालले बयान दिएका छन्। 

यस्तो छ रिजालको पूर्ण बयानः
जाहेरवाला मध्येका प्रेमराज पन्थीलाई म चिन्छु, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजानेमा भूमिका खेल्ने व्यक्तिका रूपमा म उनलाई ३ वर्ष अघिदेखि चिन्छु। अन्य जाहेरवालासँग मेरो चिनजान छैन।

केशवप्रसाद दुलाल र सानु भण्डारीलाई करिब ४ वर्षअगाडि भुटानी शरणार्थी समस्या समाधानको सन्दर्भमा चिनजान भएको, डाक्टर इन्द्रजित राईलाई १५ वर्षदेखि चिन्छु, टेकनारायण पाण्डेलाई यसअघि गृहसचिव हुँदा देखेको मात्र हो।

रामशरण केसीलाई मेरो बिर्तामोडमा भएको घर मर्मतको सिलसिलामा २ वर्ष पहिलेदेखि चिन्छु, टोपबहादुर रायमाझीलाई ४ वर्षपहिले झापामा रहेका भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यसबाहेक अन्य प्रतिवादीहरूलाई चिन्दिनँ।

जाहेरवाला समेतका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, इन्द्रजित राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने मलाई थाहा छ।

करिब ४ वर्षपहिले मलाई सानु भण्डारी र केशवप्रसाद दुलालले टोपबहादुर रायमाझीसँग भेट गराई टोपबहादुर रायमाझीसँग कुरा गराउँदा टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूमध्ये तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहनेहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरूलाई भुटानीहरूकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ, सोमा तपाईंले सहयोगी भूमिका खेलिदिनु पर्‍यो भनेर मलाई भनेका हुन्।

नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरेपछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरूको समस्या पूर्ण रूपमा समाधान हुनुपर्छ, नेपालीहरूलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन।

Ncell 2
Ncell 2
nimb
nimb

तर तपाईंहरू भुटानीहरूको नाममा नेपालीहरूलाई तेस्रो मुलुक लैजाने हो भने सोबाट भुटानीहरूलाई मर्का नपार्ने र निजहरूबाट रकम नलिने गरी मिलाउन सक्नुहुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ।

यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी, केशवप्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिव समेतसँग कुरा गरी कार्यदल समेत बनाई काम सुरू गरेका हुन्। म कसैलाई ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशवप्रसाद दुलाल र सानु भण्डारी संलग्न छन्। सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा संलग्न छन्।

निजहरूले जाहेरवाला समेतबाट रकम संकलन गरी लिने र संकलन भएको रकम मध्येबाट आफूहरूले व्यापार बिजनेस समेतमा खर्च गर्ने र सोही रकम मध्येबाट टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह सचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको कुरा बाहिर सुनेको हुँ। के कति रकम लिए दिए भन्ने म एकिन साथ भन्न सक्दिनँ। यस कार्यमा टोपबहादुर रायमाझी यस कार्यको सुरूवातमा योजनाकारको रूपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छन।

यसबाहेक प्रेमराज पन्थी, रामशरण केसीसमेत भई रकम संकलन गर्ने सानु भण्डारी र केशव दुलाललाई दिने कार्यमा निजहरू संलग्न छन्। यस कार्यमा रकम संकलन गर्ने र बाँडी लिने कार्यमा अन्य को(को संलग्न छन भन्ने मलाई थाहा छैन। जिल्ला भक्तपुरको सिरूटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसँग म आजभन्दा २० वर्षपहिले नेपाल आउँदाका बखतदेखि नै चिनजान भएको हो।

निजले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने भनेर पीडितहरूबाट रकम लिएको बारेमा मलाई थाहा छैन। जाहेरवाला प्रेमराज पन्थीलाई मैले भेटेको होइन। निजलाई मैले अमेरिका लैजाने बारेमा कुनै कुरा गरेको छैन।

प्रेमराज पन्थीसँग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेकोबारे मलाई थाहा छैन। यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होइन र मैले निर्देशन दिएको पनि होइन।

भेषराज शर्मा लम्साल मेरो चिनजानका मानिस हुन्। करिब १५ वर्ष पहिले धोबिघाटमा म डेरा बस्दा डेरा बसेको घरको घरधनी भेषराज शर्मा लम्सालका आफन्त भएकोले त्यही निजसँग भेट भई साथीको सम्बन्ध भएको हो। करिब १४ वर्ष पहिले केशवप्रसाद दुलाल र सानु भण्डारी मलाई भेट्न झापा गएकोमा निजहरूले मलाई मेरो घरमा नै भेटेका हुन्।

निजहरूले मलाई भुटानी शरणार्थीहरूको समस्याको बारेमा घुमाउरो शैलीमा कुरा गरी १००र१५० जना नेपाली नागरिकहरूलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नुपर्‍यो भन्ने प्रस्ताव गरेका थिए।

सो विषयमा म उक्त काम गर्ने कुनै कार्यकारी वा अधिकारप्राप्त व्यक्ति नभएको हुँदा कसलाई पठाउने वा नपठाउने विषयमा मेरो कुनै भूमिका रहने कुरै भएन तर नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरूको तेस्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फिर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरू भुटानीको नाममा अमेरिका जाने हुन भन्ने मेरो सरोकारको विषय नै थिएन।

यही व्यहोरा मैले निजहरूलाई बताएकोमा सोको केही समयपछि केशवप्रसाद दुलाल, भेषराज लम्साल र सानु भण्डारीले नेपालीहरूको भुटान मानव अधिकार संगठनको सदस्यता कार्ड बनाएको बारेमा मैले छनक पाएको थिएँ।

निजहरूले बनाएको कार्डमा मलाई सही गर्नका लागि अनुरोध गरेकोमा मैले सरकारी तवरमा कुरा नगरी म कार्डमा सही गर्दिनँ भनेको हुँ तर सो कुरामा मलाई इन्द्रजित राई र टोपबहादुर रायमाझीले समेत भनेको हुँदा नेपाल सरकारका निजहरू दुबै जनाले नेपालीहरूको नाममा भुटानी कार्ड बनाउँदा कुनै समस्या नपर्ने भनेको, म आफू नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनुपर्ने सुविधाहरू रोकिरहेको अवस्थामा सो सुविधासमेत प्राप्त हुने आश्वासनसमेत प्राप्त भएको तथा सरकारी तवरमा टोपबहादुर रायमाझी र इन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरूको सरूवा बढुवा गराउन, आफ्ना लागि तुरून्त सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशवप्रसाद दुलाल यस कार्यमा संलग्न भएकोले निजहरू विश्वासमा मैले केही कार्डहरूमा सहीछाप गरिदिएको हो।

बाँकी कार्डहरू प्रविधिको दुरूपयोग गरी वा अन्य तवरबाट बनाए भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिनँ, निज मेरा सल्लाहकार पनि होइनन्। नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा गोकुल थापा जानकार छन् र निजले केशवप्रसाद दुलाल र सानु भण्डारीसँग मिलेर सोसम्बन्धी कार्य गरेका हुन्। तर मैले कोही कसैलाई अमेरिका लैजाने भन्नेबारे निजसँग कुरा गरेको छैन।

गोकुल थापाले रामशरण केसीबाट रकम, नागरिकताको फोटोकपी र फोटो लिएको मलाई थाहा छैन। गोकुल थापाबाट मैले कुनै रकम लिएको छैन। रामशरण केसी र प्रेमराज पन्थी मेरो घरमा जाने(आउने गरी रहने मानिस हुन्। रामशरण केसीले गोकुल थापा, सानु भण्डारी र केशवप्रसाद दुलालले निजहरू समेतबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम लिएको र काम नगरेको भनेर गुनासो गर्ने गरेका हुन्।

तर म निजहरूबाट रकम लिने कार्यमा संलग्न छैन। निजहरू बीचको लेनदेनको बारेमा मलाई थाहा भएन। करिब ६ वर्षपहिले रामशरण केसी मेरो घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने हाम्रो योजना छ, तपाईंले मद्दत गरी दिनुहोस् भन्न आएका थिए। मैले सो बेला सख्त इन्कार गरेको थिएँ।

सोपछि पनि निज रामशरण केसीले मलाई पटक(पटक सो बारेमा फोनबाट अनुरोध गरिहेका थिए। पछि गोकुल थापामार्फत् नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजानेसम्बन्धी काम गरी रहेका सानु भण्डारी र केशव दुलालसँग मेरो भेट भई कुरा भएपछि मैले रामशरण केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चावहिलको ब्ज्ञ९एवान० पार्टी प्यालेसमा भेट गराइदिएको हो ।

सोपश्चात् पनि रामशरण केसीको काम समयमा नभएपछि मलाई रामशरण केसीले सो बारेमा गुनासो गर्ने गरेका हुन्। मैले निजसँग रकम लिएको र निजलाई ठगी गरेको छैन। मैले रामशरण केसी समेतका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड ९परिचय पत्र० बनाई दिने भनी कार्डहरू लिएको होइन।

रामशरणबाट केशव दुलाल र सानु भण्डारीले कार्डहरू लिई मलाई सही गराएको हुन सक्छ। मैले कोही कसैबाट रकम लिएको होइन। मैले रामशरण केसीलगायत कोही कसैसँग रकम लिएको छैन, यो सबै झुठ्ठा हो। मैले कार्डहरू बनाएको होइन, केशवप्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सही सम्म गरेको हो। मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन।

केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन्। कुन(कुन कार्डहरूमा मैले सही गरेको थिएँ भन्ने हाल एकिनसाथ भन्न सक्दिनँ। लक्ष्मी कोइराला, कृष्ण कोइराला, रामशरण केसी र प्रेम पन्थीका विरूद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।

प्रेमराज पन्थी र लक्ष्मी कोइरालासहित झापा बिर्तामोडका ६र७ जना मानिसहरू मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल(हुज्जत नै गर्न लागेपछि मैले ‘तिमीहरूको रकम मैले कहिले लिएको होरु प्रमाणबिना मेरो घरमा घेर्न आएका हौरु’ भनेपछि निजहरू मेरो घरबाट गए। मेरो घरमा जाने मानिसहरू लक्ष्मी कोइराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोइराला र रामशरण केसी भएकाले मैले निजहरूविरूद्ध प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो। निवेदनउपर छलफल हुँदा रामशरण केसी र लक्ष्मी कोइराला गौशाला गएका थिए।

सो बेला रामशरण केसीले मबाट रु। १,३०,०००र( ९एक लाख तीस हजार० रकम पाउनु छ भनेर जिकिर लिएका थिए। मैले रामशरणलाई औषधीसमेत किनाएको रकम रु।१,३०,०००।( ९एक लाख तीस हजार० दिनु पर्नेमा सो रकम म दिन्छु भनेपछि प्रहरीले रकमको कुरा बाहिरै मिलाउनु होस् भनेर हामीहरूलाई पठाएका हुन।

सानु भण्डारीले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने सन्दर्भमा मलाई काठमाडौं बोलाउँदा, होटलमा राख्दा, खाना समेतको खर्च बापतको रकम आफ्नो डायरीमा टिपेर राखेको हो। इन्द्रजित राई, म र केशवप्रसाद दुलालको फोटो गृह मन्त्रालयमा खिचिएको फोटो हो। म र केशव दुलाल गृह मन्त्रालयमा गई इन्द्रजितराईसँग भेटेको बेला इन्द्रजित राईको कार्यकक्षमा खिचिएको फोटो हो। सो बेला इन्द्रजित राई र म गई सचिव र गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थीसम्बन्धी विषयमा कुरा भएको थियो ।

इन्द्रजित राई र केशव दुलालसँग खिचिएको मेरो उक्त फोटो देखाई मसँग सम्बन्ध भएको भन्ने विश्वासमा पारी जाहेरवाला समेतका मानिसहरूबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम संकलन गर्ने माध्यमको रूपमा सो फोटो दुरूपयोग गरेको कुरा मैले पछि थाहा पाएँ। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थीहरू बनाई यति विघ्न रकम संकलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी मलाई पहिले थिएन।

टोपबहादुर रायमाझी र इन्द्रजित राई सरकारी निकायकै तर्फबाट यस प्रकरणमा सक्रिय रहेको साथै केशवप्रसाद दुलाल र सानु भण्डारी सरकारी निकायमा उच्च सरकारी कर्मचारीहरूको सरूवा(बढुवा गराउन सक्ने पहुँच बनाएका व्यक्तिहरू नै संलग्न रहेको मानिसहरू सक्रिय रहेका कारण सरकारी तवरबाटै उक्त काम भएको कुरामा मलाई विश्वास भयो भने म भुटानी शरणार्थी भई नेपाल सरकारको सुविधामा बसिरहेको मानिसले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा कहीँकतै उजुरबाजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितिमा मैले औपचारिक रूपमा कहीँकतै उजुरबाजुर गर्ने ठाउँ नै नपाएको हो।

म नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यको सुरूवातदेखि नै विरोध गरिरहेको मानिस हो। तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो।

म एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र उपस्थितिमा भएको नेपालीहरूलाई नक्कली भुटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामर्थ्य बाहिरको कुरा थियो।

मैले नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मेरो पहुँचभन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाइदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होइन।

नेपाल सरकारबाट भुटानी शरणार्थीहरूको नाममा नेपालीहरूलाई नक्कली भुटानी बनाउने कार्यमा नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन नै सहयोगी रहेको र सो प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने पदाधिकारीहरूलाई जानकारीमा रहेको भन्ने मैले बुझेको छु ।

यस्तो कार्य गर्ने सरकारी निकायका पदाधिकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन्। सानु भण्डारी, अशोक पोखरेल र केशव दुलालले डिजाइन गरेर नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने भनेर रकम संकलन गरेका हुन र पछि सो कार्यमा प्रेमराज पन्थी र रामशरण केसी पनि जोडिएका हुन् भने सरकारी तवरबाट इन्द्रजित राई, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र तत् समयका अन्य पदाधिकारी संलग्न छन्।

अन्य को-को भई कसरी नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्य गर्नका लागि रकम संकलन गरे र कस (कसको कति कति रकम ठगी भयो तथा ठगीको रकम कसले कसले लियो भन्नेबारे मलाई थाहा छैन। म ठगी गर्ने तथा सोको लागि संगठन बनाउने र परिचालन गर्ने समेतको कार्यमा संलग्न छैन।

सुमित्रा पौडेल मेरो चिनजानको एकल महिला हुन्, निजलाई केशवप्रसाद दुलाल र सानु भण्डारीले अमेरिका पठाउने भनी निजबाट रकम लिएर का नगरेकोले निजले सो बारेमा मसँग चासो राखेकी हुन्। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
सम्बन्धित सामग्री
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ... शुक्रबार, असोज २, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउ... बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग ग... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्