काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दै छ। सोमबार बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलपल हुने सम्भावित कार्यसूची छ।
सरकारले आगामी आर्थिक वर्षा २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथि आइतबारबाट छलफल सुरु भएको हो। आइतबार प्रतिनिधि सभाका २० जना सांसदहरुले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।