• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विनाशको बाटो खन्दै छ कांग्रेस?

शिरोमणि ढुङ्गाना शनिबार, जेठ ६, २०८०  १३:३७
1140x725

गत बैशाख २४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजिक सञ्जालहरुमा एउटा सन्देश प्रेषित गर्दै भने, ‘अब त अति भयो।’ 

उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरु मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।’

आफ्नो सन्देशको अन्त्यमा उनले लेखेका छन्, ‘कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, साथीहरुलाई सम्झाएँ तर अब त अति भयो !’

महामन्त्रीको यो सन्देशले नेपाली कांग्रेसका बारेमा धेरै कुरा बोलेको छ। आज देशकै पुरानो दल नेपाली कांग्रेस जरैबाट धर्मराएको प्रतित हुन्छ। राजनीतिक दलको हैसियतमा कांग्रेस कुशासन र विकृतिका तमाम घटनाहरुका मौन साक्षी बन्न तयार एउटा रुग्ण संगठन जस्तो देखिन्छ। दलभित्रै उकुसमुकुस छ। निराशा छ। कार्यकर्ता पंक्तिमा विद्यमान निराशाको कुरा छाडौं, उच्च नेताहरु नै ‘पीडित’ जस्ता सुनिन्छन्। आम मानिसलाई दलको अपिलले छुन छाडेको छ। 

सबैभन्दा ठूलो राजनीतिक दल भइकन कांग्रेसलाई आफ्नै सामर्थ्यमा विश्वास छैन। एउटा दललाई जीवन्त राख्न जुन उर्जा, गति, भिजन, अठोट र प्रतिबद्धता चाहिन्छ, ती आजको कांग्रेसमा गयल छन्।

सबैभन्दा ठूलो राजनीतिक दल भइकन कांग्रेसलाई आफ्नै सामर्थ्यमा विश्वास छैन। एउटा दललाई जीवन्त राख्न जुन उर्जा, गति, भिजन, अठोट र प्रतिबद्धता चाहिन्छ, ती आजको कांग्रेसमा गयल छन्। सबैभन्दा खड्किने कुरा, आज नेपाली कांग्रेस आलोचना सुन्ने र तदअनुसार सच्चिने मुडमा देखिन्न। 

लोकतान्त्रिक रट
१४औं महाधिवेशन सकिएपछि कांग्रेसका निर्वाचित महामन्त्री गगन थापाले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र आफूहरुसँगै उभिएर भोट मागेको प्रसंगको चर्चा गर्दै ‘कांग्रेसभित्रको लोकतन्त्र’को संज्ञा दिए। त्यो घटनालाई थापा र अन्य कांग्रेस नेताहरुले अहिलेको नेकपा एमालेभित्र त्यति पनि प्रतिस्पर्धाको गुञ्जायस नभएकोतर्फ संकेत गरेका थिए।

आजको एमालेलाई हेर्दा थापाको दावी एकहदसम्म हो कि जस्तो लाग्नसक्छ। तर कांग्रेसमा नेतृत्वलाई चुनौती दिएर उम्मेदवारी दिने नयाँ विषय हुँदै होइन। धेरै पर जानै पर्दैन, एकलौटी पार्टी संगठन कब्जा गरे भन्ने आरोप लाग्ने शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालाविरुद्ध २०५३ सालको नवौं महाधिवेशनमा चिरञ्जीवी वाग्लेले उम्मेदवारी दिएका थिए। पछि भ्रष्टाचारको मुद्दा परेर छाँयामा पर्नु एउटा पाटो रह्यो। तत्कालीन समयका सर्वथा शक्तिशाली कोइरालाविरुद्धको त्यो उम्मेदवारी चानचुने हिम्मत थिएन। भीमबहादुर तामाङ्ग जस्ता निष्ठावान, तर कम चर्चा पाएका नेताले समेत सभापतिमा उम्मेदवारी दिएर विद्रोह चेतको संकेत दिएकै थिए। 

Ncell 2
Ncell 2

कांग्रेसमात्र किन, पश्चगामी भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत कमल थापाजस्तो शक्तिशाली नेतालाई हराएर राजेन्द्र लिङ्देनको उदय भएको हो। एमालेमा माधव नेपाल शक्तिशाली रहँदाकै बखत केपी ओलीले निर्वाचिनमा हराएरै अध्यक्ष भएका हुन्। 

लोकतान्त्रिक दलहरुको लागि निर्वाचनको प्रक्रिया अनिवार्य सर्त हो। तर लोकतान्त्रिक हुनको लागि निर्वाचन मात्रै पर्याप्त आधार होइन। हिजो दलभित्र लोकतन्त्रको अभ्यास भएन, दल सञ्चालनमा एकलौटी भयो र विधिअनुसार दल चलेन भन्ने आरोप लगाउँदै पार्टी विभाजन गरेका शेरबहादुर देउवा स्वयंलाई जति यो तथ्य अरु कसलाई थाहा होला? कांग्रेस यति सरल तथ्य मनन् गर्न भने चुकेको छ। 

बीपीले पञ्चायतकालमै भूँइफुट्टा वर्गको कुरा उठाएका थिए। आज कांग्रेसमा त्यही वर्गको जगजगी छ। नेताहरुलाई व्यक्तिगत रुपमा खुसी बनाउन सक्नेहरुको रजगज छ।

विगतमा गिरिजाप्रसाद कोइरालालाई जे जे आरोप लगाएर नेपाली कांग्रेस विभाजन भएको थियो, आज शेरबहादुर देउवाको कार्यशैली त्योभन्दा फरक होला? वा कतिपय मामलामा अझै गैर लोकतान्त्रिक आचरण देखिन्छ? आजको कांग्रेस पदाधिकारीहरु सायदै यी प्रश्नहरुमा बहस गर्ने ल्याकत राख्छन्। पदाधिकारीमा त्यतिबेलाका देउवामा जति पनि आँट छैन। कांग्रेसभित्र बहस मूल्यहीन छ। 

नाममा कम्युनिस्ट शब्दावली नहुनु बाहेक आज कांग्रेसले लोकतान्त्रिक दलमा हुनुपर्ने धेरै गुणहरु गुमाउँदै गएको छ। विगतमा खुकुलो प्रणालीमा चल्ने र उदार देखिन खोज्ने कांग्रेस आज कार्यकर्ताको घेरामा सीमित हुँदै गएको छ। लोकतान्त्रिक राजनीतिक दलको मूल चरित्र नै खुल्ला, खुकुलो र वैचारिक निकटताको आधारमा निर्माण भएको संगठन हुन्छ। तर कांग्रेसको यो विशेषतामा ह्रास आउँदै गइरहेको छ। 

मास–बेस्ड पार्टी भनेर चिनिन चाहने नेपाली कांग्रेसमा क्रमशः कम्युनिस्टहरुकै जस्तो क्याडर–बेस्ड चरित्र निर्माण भएको छ। तहगत सदस्यता प्रणाली छ। नेतृत्वको आलोचना गर्नेहरुलाई तल्लो तहबाटै निषेध गर्न सकिने प्रावधान छ। महाधिवेशनमा बाहेक सदस्यता प्रणालीको बारेमा बहस गर्ने चाहना देखिन्न। महाधिवेशन नजिकिँदै गर्दा सदस्यता विवादले ठूलै रडाको खडा गर्छ। यसले कांग्रेसको संरचनाको बारेमा धेरै कुरा बोल्छ। 

यतिसम्म कि कार्यकर्ता पंक्ति बाहिरबाट हुने आलोचनाहरु समेत यसको नेतृत्वलाई अस्वाभाविक लाग्छ। जबकि राजनीतिक दलमा कार्यकर्ताभन्दा ठूलो पंक्ति शुभेच्छुक तथा खुल्न नचाहने समर्थकहरुको हुन्छ। आजको कांग्रेस एउटा दलको रुपमा यी यावत पक्षहरुमा निरपेक्षजस्तो देखिन्छ, एउटा शिथिल र यथास्थितिवादी शक्ति जस्तो। 

कार्यकर्ता पंक्तिमा मात्र सीमित हुँदा पार्टीको आममानिससँग सम्बन्ध टुट्दै गइरहेको छ। कुनै समय रामशरण महतहरुले भन्ने ‘मेरिटोक्रेसी’ अर्थात् योग्यतामा आधारित अवसर अब कांग्रेसमा बाँकी छैन। निकटतामा आधारित अवसरहरु प्रदान गरिने दल बनेको छ कांग्रेस। परिवारवाद यति हावी छ कि कुनै मन्त्रालयको मन्त्री, शक्तिशाली निकायको राजनीतिक नियुक्ति र मन्त्रालयमा अवैतानिक सल्लाहकार एउटै परिवारका व्यक्तिहरु भएको रेकर्ड समेत कांग्रेसले तय गरिसकेको छ। ल्याटरल इन्ट्री अथवा छड्के प्रवेश गर्ने बिषय पनि प्राज्ञिक बहसको बिषयजस्तो मात्र बनेको छ। यसले कांग्रेसलाई ‘करियरिस्ट’हरुको दलजस्तो बनाउँदै लगेको छ। 

पछिल्लो समय पटकपटक सत्तामा बस्दा दलभित्र सत्ताउन्माद छताछुल्ल हुन थालेको प्रतित हुन्छ। सेवा प्रवाह, न्याय, समानताका मुद्दाहरुको पहिचान र सम्बोधनमा दलको कुनै अग्रसरता देखिँदैन। 

कार्यसम्पादन बैधताभन्दा दलको नेतृत्व मतदातामा डर पैदा गर्न उद्यत छ। यसको उदाहरण पछिल्लो आमनिर्वाचनका क्रममा कतिपय स्थानमा कांग्रेस नेताहरुको कांग्रेसले नजिते बजेट नै नजाने भनेर गरेको उद्घोषबाट देखिन्छ। यो सत्ताउन्मादको चरम उदाहरण हो। 

‘रहेन बीपीको कांग्रेस’
दर्शनको हिसाबले नेपाली कांग्रेस आफैंमा दक्षिणपन्थी धारको दल होइन। सरल शब्दमा भन्नुपर्दा लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा सम्झौता नगर्ने, तर मूलभुत विषयहरुमा राज्य आफ्ना दायित्वहरुबाट पन्छिन नमिल्ने गरी तय गरिएको ‘लोकतान्त्रिक समाजवाद’ लाई आदर्श मानेको दल थियो कांग्रेस। 

आज कांग्रेसले कसको हितको लागि काम गरिहेको छ भन्ने प्रश्नमा नै देशको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्यम लगायत तमाम क्षेत्रमा जकडिएको व्यथिति र सेवा प्रवाहमा जरा गाडेको कुशासन समेटिन्छ।

बीपी कालमै भूमिसुधारजस्ता पेचिलो विषयलाई अगाडि बढाउने आँट गर्ने उर्जा कांग्रेससँग थियो। तत्कालीन समाजको विकास र परिवर्तनको सन्दर्भमा बीपीले के बोले वा लेखे भन्ने कतिपय विषय आज सान्दर्भिक नहुन सक्छ। समयान्तरसँगै कतिपय मुद्दाहरुको बिषयान्तर भइसक्छ। मूल विषय ‘स्पिरिट’को हो। बीपीलाई आफ्नो दलको ‘ब्राण्डिङ्ग फिगर’ बनाएको आजको कांग्रेसले बीपीका भिजनहरुमा अन्तरनिहीत स्पिरिट के थियो भन्ने बहस गर्ला? यसको जवाफ दस्तावेजहरुमा खोजेर हुन्न। कांग्रेस सत्तामा रहँदा दलका नेताहरुको व्यवहार र कार्यशैलीमा छरपष्ट छ।

एउटा अग्लो नेताको रुपमा नेपाली कांग्रेसले नबोक्दा पनि बीपी नेपाली समाजमा जीवन्त रहन्छन्। संसारका थुप्रै राजनीतिककर्मीको बायोग्राफी पढ्ने विद्यार्थीहरुले बीपीलाई पढ्न अझै धेरै वर्ष हिच्किचाउँदैनन्। 

यही सन्दर्भमा नेपाली कांग्रेसबाट अलग्गिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै गर्दा अर्थशास्त्री समेत रहेका स्वर्णिम वाग्लेले एउटा भनाइ बारम्बार दोहर्‍याए – नेपाली कांग्रेस अब बीपीको कांग्रेस रहेन। 

वाग्लेको भनाइमा प्रतिक्रियात्मक टिप्पणीहरु आएका छन्। आउने क्रम जारी रहने पनि छ। तर कांग्रेसको मूल नेतृत्वतिर सोझिएको एउटा सरल प्रश्न छ– बीपीले परिकल्पना गरेको जस्तो त आजको कांग्रेस छैन। त्यसो भए यो दल कसको? कस्तो लक्ष्य लिएर उदाएको दल आज कुन दिशामा हिँडिरहेको छ?

आज नेपाली कांग्रेसले एउटा दलको रुपमा पक्षपोषण गर्ने विचार के हो ? यसले परिकल्पना गरेको कुन वर्गको उत्थान हो? यदाकदा कम्युनिस्टहरुलाई खुइल्याउन ‘हामी गरिबी बेच्दैनौं’ भन्ने कांग्रेसले  समृद्धिको वितरण गर्न सकेको छ?

आज कांग्रेसले कसको हितको लागि काम गरिहेको छ भन्ने प्रश्नमा नै देशको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्यम लगायत तमाम क्षेत्रमा जकडिएको बेथिति र सेवा प्रवाहमा जरा गाडेको कुशासन समेटिन्छ।  

बीपीले पञ्चायतकालमै भूइँफुट्टा वर्गको कुरा उठाएका थिए। आज कांग्रेसमा त्यही वर्गको जगजगी छ। नेताहरुलाई व्यक्तिगत रुपमा खुसी बनाउन सक्नेहरुको रजगज छ। निष्ठाको रट लगाउनेहरुले समेत इमान बिक्रीमा राखेको प्रतित हुन्छ। 

निर्विकल्प लोकतान्त्रिक शक्ति?
राजाहरुले गोलबद्ध गरेका परम्परागत शक्तिलाई कम्तीमा आजको राजनीतिक परिदृश्यमा चर्चा गरिरहन आवश्यक छैन। त्यो शक्तिलाई अलग्याएर हेर्ने हो भने नेपालको राजनीतिमा सजिलो भाषामा मूलत: दुई  पक्ष थिए– कांग्रेस र कम्युनिस्ट। 

यहाँ भुल्नहुन्न, ३० को दशकदेखि गिरिजाप्रसाद कोइराला पनि कांग्रेसको महामन्त्री थिए। गिरिजाप्रसाद कोइरालाको कार्यशैलीसँग सहमति वा असहमतिका बाबजुद उनको शक्तिको स्रोत काठमाडौं केन्द्रित अलाप वा बिलौना थिएन।

कांग्रेस तुलनात्मक रुपमा बृहत् व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार, खुल्ला र उदार अर्थतन्त्रसहित खुल्ला समाजका पक्षपातीहरुको लागि निर्विकल्प दल जस्तो रह्यो। यसैकारण कांग्रेसले लामो समय कम्युनिस्टहरुबाट ‘पूँजीवादी दलाल’को आरोप पनि भोग्यो। कम्युनिस्ट जडता मन नपर्ने र राजावादी हुन स्विकार्य नभएकाहरुका लागि भरपर्दो शक्ति थियो कांग्रेस। 

तर नयाँ र आक्रामक रुपमा उदाइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी र मेयर निर्वाचित बालेन शाह र हर्क साम्पाङहरुको उदयले यो दलको निर्विकल्पतालाई दरिलो चुनौती दिएको छ। राजनीतिका नयाँ अनुहारहरुमा कम्युनिस्ट दर्शनप्रति कुनै रुझान नदेखिएकोले उनीहरुले मूलतः लोकतान्त्रिक शक्तिकै रुपमा प्रस्तुत हुने देखिन्छ। यदि नयाँ राजनीतिक शक्तिहरुले आगामी दिनमा लय नगुमाएको अवस्थामा नेपाली कांग्रेसलाई ठूलै धक्का लाग्ने देखिन्छ।  

२०५९ सालमा कांग्रेस विभाजन भएर शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक स्थापना भएपछि यो दलले उदारहरुको निर्विकल्प दल नहुनुको झट्का महसुस गरेको थियो। फलतः २०६४ सालमा दल एकीकरण गर्दै फेरि उदार तथा लोकतन्त्रप्रेमीहरुको लागि निर्विकल्पजस्तै अस्तित्व कायम राख्न सफल भयो। 

दशकौंको यात्रामा कांग्रेसले आफैं कार्यसम्पादन वैधता आर्जन गर्नभन्दा कम्युनिस्टहरुको विभाजनको लाभ लिन खोज्यो। २०४८ सालपछि नेपाली कांग्रेसको उतारचढाव हेर्ने हो भने यो दलको मनोवृत्ति कार्यसम्पादन वैधता मार्फत् जनमतको दायरा फराकिलो पार्नेभन्दा ज्यादा कम्युनिस्टहरुको फुटको लाभ लिन उद्यत देखिन्थ्यो। 

आजको कांग्रेसको दशा फरक छ। एउटा लोकतान्त्रिक दलको रुपमा कम्युनिस्ट दलहरुको फुटको लाभ लिनसक्ने विश्वास पनि गुमाउँदै गएको छ। आज नेपाली कांग्रेस कम्युनिस्टहरुसँग मिल्न बाध्य छ। 

कांग्रेस यो अवस्था किन आयो ? यसबारे आत्मसमीक्षा गर्ने मुडमा कांग्रेस नेतृत्व छैन। आफैंले बनाएको संविधानको प्रावधानलाई दोष दिएर विचार नै नमिल्ने कम्युनिस्ट शक्तिहरुसँगको एकताको औचित्य पुष्टि गर्न उद्यत छन् कतिपय कांग्रेस नेताहरु। 

कांग्रेसको यो विचलनले नेपाली राजनीतिमा विकृतिका नयाँ आयामहरु खोलेको छ। जताबाट हेर्दा पनि नमिल्दो समीकरणमा दल लागेको छ। चारतारे र हसिँया हथौडा झण्डा मिसाइएको छ। वैचारिक हिसावले हेर्दा आजको राजनीतिमा विपरीत ध्रुवका जस्ता देखिनुपर्ने दुई शक्तिहरु कांग्रेस र माओवादी नै हुन्। आज यी दुवै शक्ति एकै ठाउँमा छन्। यो फगत सरकार निर्माणको सहकार्यमा सीमित छैन। माओवादी नेताहरुलाई ‘शान्ति प्रक्रियाका महानायक’ घोषणा गर्नुपर्ने विन्दुसम्म आइसकेको छ कांग्रेस। हिजो सत्याग्रह र अहिंसाको गाथा सुनाउने कांग्रेस आज हिंसालाई वैधता दिन उद्यत छ।  

पछिल्लो समय नेपाली राजनीतिमा पेचिलो बनेको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहायता परियोजना (एमसीसी) का उग्र समर्थक कांग्रेसहरु यसका उग्रविरोधी र ‘अमेरिकी साम्राज्यवाद’ को विरोधमा देशव्यापी प्रदर्शन गर्ने दलसँग समेत घाँटी जोड्नुपर्ने अवस्थामा पुगेका छन्। 

कांग्रेसको यो विचलनको लाभ नयाँ राजनीतिक शक्तिहरुले उठाउँदै छन्। उपनिर्वाचनमा तनहुँ र चितवनको विजयसँगै रास्वपाले आफ्नो आधार बढाउँदै लगेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र यसले लिने बाटोको बारेमा आजै अनुमान गरिहाल्नु हतारो हुनेछ। तर एउटा सत्य कुरा के हो भने रास्वपा र कुनै दिन संगठित भएको खण्डमा बालेनहरुको उदयले कांग्रेसलाई दलको संगठन आधार कायम राख्न ठुलो चुनौती दिनेछ। 

नयाँ राजनीतिक शक्तिहरुप्रतिको जनताको रुझान विकृति र कुशासनहरुबाट दिक्क भएकाहरुले राखेका आशाको त्यान्द्रो पनि हो। तर यसलाई कांग्रेसले ‘पपुलिजम’ (लोकरिझ्याँइ) को एउटा झिल्को मात्र ठान्छ? वा यसको गाम्भीर्यता बोध गर्छ? समयक्रममा त्यो देखिने छ। 

स्वार्थ समूहको हालिमुहाली 
आजको दिनमा नेपाली कांग्रेसभित्र सुधार अभियानको अग्रभागमा नाम आउने नेताहरुमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा हुन्। र यसको स्वाभाविक कारण पनि छ। आजको दिनमा नेपाली कांग्रेसको सुधारको छटपटी उनीहरुमै देखिन्छ। 

महामन्त्रीद्वयले एउटा न्यारेटिभ तय गर्न सफल भएका छन् – कांग्रेस विकृतिको मूल स्रोत शेरबहादुर देउवाको नेतृत्व हो। यसको परिवर्तनसँगै सुधारहरु हुँदै जान्छ।

समस्याको गाँठो यहीँनेर छ। कांग्रेसमा अहिले पनि आन्दोलनकालीन समयमा निर्माण भएका भ्रातृसंस्था र संगठनहरु अस्तित्वमा छन्। दल सत्तामा पुगेसँगै भ्रातृ तथा भगिनी संस्थाको नेतृत्वमा पुग्नेहरुको उद्देश्य बद्लिएको प्रतित हुन्छ। एकाध बाहेक अधिकांशमा संगठन कब्जा गर्ने र नेताहरु रिझाउने प्रयोजनको लागि यस्ता संगठनहरु प्रयोग हुँदै आएका छन्। 

पहिले आक्रोशित सुनिने कांग्रेसका दोस्रो तहका नेताहरु अहिले डिफेन्सीभ भएका छन्। एक खालको अलाप छ। कांग्रेसको मूल नेतृत्वप्रति बिलौना छ। डराएका छन्। तर निकासको मार्गचित्र छैन।

गगन थापा वा विश्वप्रकाश शर्मा नै नेतृत्वमा आए पनि यस्ता संगठनहरुको प्रभावबाट पार्टीलाई बाहिर निकाल्न हम्मेहम्मे पर्नेछ। 

यसबाहेक पार्टी संरचनाकै कुरा गर्दा तल्लो तहबाट माथिल्लो तहसम्म ठेकेदार, विचौलिया र व्यापारीहरुको दबदबा भएको कसैसँग छिपेको विषय होइन। प्रश्न उठ्छ– उसो भए ठेकेदार र व्यापारीहरुको राजनीतिमा आउने अधिकार छैन? मज्जाले छ। तर आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलको आडमा शक्ति दुरुपयोग हुनसक्ने तथ्यलाई मनन् गर्दै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का नीतिहरुमार्फत् व्यक्तिको महत्वाकांक्षामा लगाम लगाउँदै जानुपर्छ। त्यसमा कांग्रेस र अन्य ठूला दल कसैको ध्यान पुगेको देखिन्न। यसले गर्दा शेभेच्छुकहरुमा तल्लोतहबाट नै वितृष्ण फैलँदै गएको छ। 

दलको संरचना र सदस्यता प्रणाली आजकै कायम रहँदा हिजो शेरबहादुर देउवालाई जसरी, जुन विधिबाट, जसले चुन्यो भोलि त्यो अरु कोही नेता त्यसैगरी चुनिने हो। 

आजकै संगठन कायम रहँदा गगन थापा, शेखर कोइराला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डीना उपाध्याय वा अन्य जोकोही नेताले पार्टीको नेतृत्व सम्हाले पनि अहिले जुन वर्गले पार्टीको शक्तिको लाभ उठाइरहेको छ तिनैलाई खुसी पार्नुपर्ने बाध्यता कसरी चिर्न सक्लान्? 

सबै समूहमा स्वार्थ समूह यति हावी छन् कि आज कांग्रेसका नेताहरुको राष्ट्रिय अपिल खुम्चँदै गएको छ। स्वार्थविहीन र वास्तविक मतदाता र सर्वसाधारणको पहुँचमा कांग्रेसका बिरलै नेताहरु छन् होला। 

'डिफेन्सिभ' दोस्रो तह
दोस्रो तहका नेताहरुले अब हामीले नेतृत्व लिने बेला भयो भन्दाभन्दै अबेला भइसक्यो। छनकहरु पहिलाबाटै थियो। दोस्रो संविधान सभाकै चुनावमा कुकुर चुनाव चिह्न लिएर विवेकशील नेपाली दलले ४ ठाउँमा उम्मेदवारी दिएको थियो। त्यसपछि साझा पार्टी आयो। पछी विवेकशील साझा भएर राजनीतिमा आउन चाहने नयाँ अनुहारहरु संगठित हुँदै थिए। 

पुराना दलहरुलाई धक्का पुग्ने गरी विवेकशील साझाले आममानिसमा अपिल सिर्जना गर्न सकेन। यसले पुराना दलहरु हौसिए। नयाँ राजनीतिक शक्तिको स्पेस बनिनसकेको ठाने। सम्भवत: कांग्रेसलाई पनि यस्तै लाग्यो होला। 

तर गत मंसिरको चुनावमा जब राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। त्यसले सबैलाई धक्का दियो। परम्परागत राजनीतिक दलका शीर्ष नेताहरुभन्दा दोस्रो पंक्तिका नेताहरुमा यसले छट्पटी बढाएको छ। 

पहिले आक्रोशित सुनिने कांग्रेसका दोस्रो तहका नेताहरु अहिले 'डिफेन्सिभ' भएका छन्। नयाँ लहरलाई लोकरिझ्याइँको संज्ञा दिन थालेका छन्। यो तहमा एक खालको अलाप छ। कांग्रेसको मूल नेतृत्वप्रति बिलौना छ। डराएका छन्। तर निकासको मार्गचित्र छैन। 

यहाँ भुल्नहुन्न, ३० को दशकदेखि गिरिजाप्रसाद कोइराला पनि कांग्रेसको महामन्त्री थिए। गिरिजाप्रसाद कोइरालाको कार्यशैलीसँग सहमति वा असहमतिका बावजुद उनको शक्तिको स्रोत काठमाडौं केन्द्रित अलाप वा बिलौना थिएन। देशैभर कार्यकर्तालाई गोलबद्ध गर्नसक्ने क्षमता थियो। निडर चरित्र थियो। दलको संरचनामा मात्र नभइ तल्लो तहसम्म पुगेर गरिने अन्तर्क्रियाहरु थियो। दुर्भाग्य, आज कांग्रेस सुधारको रट लगाउने नेताहरुमा कार्यकर्ता गोलबद्ध गर्दै तल्लो तहबाटै सुधार गर्ने आत्मविश्वास पनि देखिन्न।  तैपनि कांग्रेस सुध्रने आशा प्रसार गर्न भने खोज्दैछन्। 

कांग्रेस सुधारको वाचा पत्याउन शुभेच्छुक समूह छाडौं, कार्यकर्ता पंक्ति पनि तयार छैन। हुनपनि दोस्रो तहका नेताहरु कांग्रेस लामो समय सत्तामा बस्दा सुरु भएका तमाम विकृति र कुशासनको भारी बोकेर सुधार र परिवर्तनको वचन दिनुपर्ने ठाउँमा उभिएका छन्। सुधार गर्छौं भन्दै गर्दा एउटा सामान्य नागरिकले पनि भ्रष्ट्राचार रोक, शिक्षाको गुणस्तर सुधार गर, सरकारी क्याम्पसलाई राजनीति मुक्त बनाउ, विदेश जान बाध्यहरुलाई रोक त भन्छन् नै आजसम्म तिम्रो दलले के गर्‍यो? भन्ने प्रश्न पनि सोध्छन्। आममानिसमा राजनीतिक दर्शनभन्दा सरल सेवा प्रवाहको चाहना बढ्दै गएको छ। 

सेवा प्रवाहका उदाहरण पेस गर्नसक्ने अवस्था नरहँदा कांग्रेसका नेताहरुको लोकप्रियताको ग्राफ क्रमशः ओरालो लाग्दै छ। जुनसुकै गुट वा समूहको हकमा उस्तै अवस्था छ। ‘हामीले ल्याइदिएको लोकतन्त्रमा तिमीहरुको उदय भएको हो’ भन्नुपर्ने ठाउँमा पुगेको छ कांग्रेस। यसो भनिरहँदा उसले लोकतन्त्रका लागि कांग्रेसमा आबद्ध भएर ज्यान गुमाएका गरिब, किसान, भूमिहीन, महिला, सर्वसाधारण र समग्रमा देशकै कस्तो रुपान्तरणको चाहना थियो र त्यसमा कसरी कुठाराघात भयो भन्ने जवाफ दिन आवश्यक ठान्दैन। 

देशैभर सबैजसो वस्ती–वस्ती, गाउँ–गाउँ, समुदाय–समुदायमा विरासतको एउटा न एउटा रोचक र गौरवपूर्ण सम्झनाका पहेलीहरु भेटिने दल नेपाली कांग्रेस आज त्यही विरासतको टेकोमा मात्र अडिएको आभास हुन्छ। न यो दलमा राप छ, न ताप छ। न कान्ति छ, न क्रान्ति छ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो रहनेछ देशभरको मौसम
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्