काठमाडौं– अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ। डा सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो।
डा गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनी भक्तिवेदान्त हस्पिटलको सीईओ हुन्। परियार लेखक तथा अभियान्ता हुन् भने लामिछाने नेपाल सरकारका उपसचिव हुन्। त्यस्तै रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत हुन्।
उनीहरूलाई प्रत्येक वर्ष १ लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्नेछ। फुलब्राइट स्कलरसिप भन्नाले अमेरिकी सरकारद्वारा विभिन्न देशका समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो।
यो छात्रवृत्ति पाउनेले जे १ भिसामा अमेरिका जान र त्यहाँका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउँछन्। उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष उपलब्ध गराइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।