बागलुङ- बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्य पहाडी लोक मार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो ।
यस्तै, मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ काना बजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले जानकारी दिए ।
दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्य पहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईँले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।