काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनलाई बेवास्ता गरियो भने विकासका लागि गरिएका प्रयासहरुको सकारात्मक नतिजा आउन नसक्ने बताएकी छिन्।
जनप्रतिनिधि, कर्मचारी, नगरबासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारबीच सुरु गरिएको २ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले उक्त कुरा बताएकी हुन्।
‘हामीले जलवायुमा असर हुने खालका काम गरेका छैनौँ । तर, असर भोगिरहेका छौँ। महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टि जस्ता समस्या जलवायु परिवर्तनका असर हुन् ,’ उनले भनिन्, ‘सवारी साधनको बढ्दो प्रयोगबाट हुने कार्वन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्छ। पेट्रोलियम ऊर्जाको सट्टा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।