काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा विद्यार्थीहरुले भ्रष्टाचार विरुद्ध संयुक्त रुपमा प्रर्दशन गरेका छन्। सोमबार प्रदर्शनीमार्गमा अखिल नेपााल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपालले भ्रष्टाचार विरुद्ध संयुक्त रुपमा आन्दोलन गरेका हुन्।
काठमाडौं उपत्यकामा रहेका क्याम्पसहरुमा पढ्ने अनेरास्ववियुका नेता-कार्यकर्ताले भ्रष्टाचार विरुद्ध विभिन्न खालका डेमो प्रस्तुत गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए।
दस वर्षें माओवादी युद्धका अयोग्यका लडाकुलाई सरकारले दुई लाख दिने निर्णय, वाइडबी खरिद प्रकरण, सीसीटीभी फुटेज गायव प्रकरण लगायतको छानबिन गर्न माग गरिएको महासचिव रोकायाले जानकारी दिए।
उनीहरुले हामी अयोग्य लडाकु, हाम्रो छानबिन कहिले हुन्छ?, ललिता निवास प्रकरणको फिल्म हेर्न हामी आतुर छौं, कहिले देखाउनुहुन्छ प्रधानमन्त्रीज्यू?, गृहमन्त्रीज्यू कमानसिंहमाथिको ब्रह्मचारी कमाल कहिले खुल्छ? लगायतका नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।