फोटोः इम्याजिन नेपाली ट्रेक
काठमाडौं- सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक पाइला राख्नेको कीर्तिमानमा पासाङ दावा शेर्पाले बराबरी गरेका छन्। आइतबार बिहान २६औँ पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै अर्का कीर्तिमानी कामी रिता शेर्पासँग बराबरी गरेका हुन्।
सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले त्यसयताका २६ वर्षमा २६ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन्।
पा दावा उपनामले पनि चिनिने उनले सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा दुई पटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।