प्रतिकात्क तस्बिर
काठमाडौं– काठमाडौंका धारामा २ हप्ता मेलम्चीको पानी नआउने भएको छ। मेलम्ची खानेपानीको मुहान र टनेल मर्मत, सम्भारको प्राविधिक काम गर्नुपर्ने भएकाले आज (सोमबार)देखि पानीको वितरण रोकिएको बताइएको छ।
सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सको मर्मतका लागि तत्कालका लागि पानी वितरण रोकिएको हो। उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएएको छ।
उक्त मर्मतपछि खानेपानीको नयाँ तालिका समेत सार्वजनिक गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।