काठमाडौं– नेपाली कांग्रेस संघदेखि प्रदेश सरकारमा छ। तर, त्यही पार्टीबाट बर्दिया १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सञ्जय गौतम १४ बुँदे मागसहित अनसनमा बसेका छन्।
बर्दियाकै जब्दीघाटस्थित भत्किएको पुलमुनि उनले शनिबारदेखि आमरण अनसन थालेका हुन्। उनले आफ्नो १५ बुँदे मागमा उक्त पुलको भत्किएको स्पान हटाइ तत्काल क्षतिग्रस्त जब्दी पुल पुनर्निर्माणको समेत माग गरेका छन्।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो। उनका मागमा जिल्ला सदरमुकाममा तटबन्ध, गुलरियामा मूल भन्सार नाका स्थापना लगायत छन्।
जिल्लाको विकास निर्माणमा पहल गरेपनि सुनुवाइ नभएपछि आफू अनसन बस्नुपरेको उनले बताए। उनलाई स्थानीय कांग्रेस नेता-कार्यकर्ताले समर्थन गरेका छन्।
पूर्वमन्त्री समेत रहेका उनी २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई पराजित गरेपछि चर्चामा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।