काठमाडौं- भ्रष्टाचार विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ। भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै युवाहरुले गीत,कविता र साहित्य वाचनमार्फत विरोध गरिरहेका छन्।
प्रदर्शनकारीले भ्रष्टाचार सहन्नौं, भ्रष्टाचारीलाई कारगार, अर्थतन्त्र मन्द छ, भ्रष्टाचारको धन्दा छ जस्ता नारा लगाएका छन्। शनिबार नै एक समूहले नक्सालमा पनि भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्दैछ।
भ्रष्टाचार विरुद्ध शनिबार देशभर आन्दोलन भइरहेको छ। विराटनगर, भैरहवा, बुटवल, पोखरा, सिन्धुलीलगायतका स्थानमा भ्रष्टाचार विरोधी प्रदर्शनहरु भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।