काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब काठमाडौंभरि नि:शुल्क एम्बुलेन्स सेवा लिन सकिने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस विषयमा जानकारी गराएका हुन्।
बालेनले लेखेका छन्, ‘काठमाडौंभरि २४ घन्टा नै नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध छ। १०२ मा कल गरेर फ्रि एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ।’
मेयर बालेनले यो सुविधा प्रयोग गरेवापत कुनै शुल्न तिर्नुनपर्ने बताएका छन्। ‘यो सुविधा प्रयोग गरेवापत कुनै शुल्क तिर्नुपर्ने छैन, ’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।