काठमाडौं- आगामी जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने भएको छ। केही ठाउँमा मर्मत गर्नुपर्ने भएकोले मेलम्चीको पानी केही समय रोकिने भएको हो।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत-सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत-सम्भार गर्न लागिएको उनले जानकारी दिए। मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।