काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन गरिने भएको छ। बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ-संस्थाले भ्रष्टाचार विरुद्ध अभियान चलाइरहेका छन्।
शनिबार संघीय राजधानी काठमाडौं लगायत पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
अमेरिका पठाइदिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको काण्डमा पूर्वमन्त्रीदेखि विभिन्न सरकारी अधिकारीहरु पक्राउ पर्न थालेपछि देशैभर भ्रष्टाचार विरुद्ध अभियान चलेको छ।
यसघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।