काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले मदन राईसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिएको छ। मदन राईले किशोर-किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय रहेको बताउँदै उनलाई कानुन बमोजिम कारबाही गर्न मागसमेत गरेको छ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राईको सम्बन्धमा आएका प्रश्न र प्रतिक्रयाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले २०७९ भदौ ११ खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको हो। रास्वपाका साधारण सदस्य समेत नरहेका राईलाई कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वभाविक थिएन। तर त्यस कार्यक्रमपछि हाम्रो पार्टीसँग उनको कुनै संलग्नता छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।