गुल्मी- राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजेदेखि अनिश्चितकालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ।
वैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष जीवनबाबु पन्तको गुल्मीबाट बुटवल जाँदै गर्दा लु१ख २६१४ नम्बरको टिप्परले ठक्कर दिँदा मृत्यु भएको थियो। दोषीलाई कारबाही माग गर्दै युवा संघले गाडी बन्द गर्ने निर्णय गरेको हो।
घटनाको दोषीलाई कारबाहीको माग गर्दा पाल्पा जिल्ला प्रहरीका एसपी हेराम्ब शर्माले पीडितहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको र टिप्पर चालकलाई ढाकछोप गरिएको भन्दै दोषीलाई कारबाहीको मागसहित अनिश्चितकालको लागि यातायात बन्द गर्न लागिएको युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।