• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रीमान् हिरासतमा हुँदा समेत भेट्न नआउने मन्जु कहाँ छिन्?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २९, २०८०  १७:३४
1140x725

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभाकी समानुपाति सांसद मन्जु खाण अहिले सम्पर्कविहीन छिन्। विगत केही दिनदेखि मोबाइल स्वीच अफ गरेर उनी सम्पर्कविहीन भएकी छिन्। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको प्रकरणमा मन्जु पनि संलग्न भएको आशंका गरिएको छ। 

प्रहरीले यो ठगी प्रकरणमा संलग्नहरुको खोजी तीव्र पारेपछि यसमा संलग्नहरु धमाधम फरार हुन थालेका छन्। यही प्रकरणमा संलग्न भएको आरोपमा मन्जुका श्रीमान् तथा पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेका छन्। 

बुधबार चाबहिलको मैजुबहालबाट खाण पक्राउ पर्दा उनकी पत्नी मन्जु भने त्यहाँ थिइनन्। प्रहरी स्रोतका अनुसार प्राय मन्जु भने ललितपुरमा बस्थिन् भने बालकृष्ण मैजुबहालमा बस्दै आएका थिए। 

प्रहरीको टोली बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न घरपुग्दा समेत एकैछिन है फोन गर्छु भन्दै उनले फोन गरेका थियो। त्यतिबेला उनले मन्जुलाई नै भिडिओ कल गरेको आशंका गरिएको थियो। 

तर, अहिलेसम्म मन्जुको अवस्थाबारे अन्योल नै रहेको छ। श्रीमान् प्रहरी हिरासतमा भएको दुई दिन बितिसक्दा समेत मन्जु भेट्न नआएपछि उनी कहाँ छिन् भन्ने चासो बढेको छ। 

बालकृष्णलाई भेट्न पार्टीका नेतादेखि घरपरिवारका अन्य सदस्यहरु जिल्ला प्रहरी परिसर टेकु पुग्दा श्रीमती मन्जु भने सम्पर्कविहीन हुनुले यो घटनामा मन्जुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ। यसरी सम्पर्कविहीन भएकी मन्जु भने अहिले अष्ट्रेलिया पुगेको हुन सक्ने आशंका गरिएको छ। 

विश्वस्त स्रोतका अनुसार खाण पक्राउ पर्दा मन्जु दिल्ली पुगेकी थिइन्। त्यहाँबाट उनी अष्ट्रेलिया पुगेको हुन सक्ने आशंका गरिएको छ। नेपाल हुँदा तथा भारतमै रहँदा समेत पक्राउ पर्न सक्ने भएकाले मन्जु दिल्लीबाट अष्ट्रेलिया गएको हुन सक्ने आशंका गरिएको छ। विश्वस्त स्रोतले नेपाल लाइभलाई दिएको जानकारी अनुसार पनि उनी अष्ट्रेलिया गएको दाबी गरिएको छ। यद्यपि, यसबारे पुष्टि भने भइसकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनको मोबाइलको म्यासेजको आधारमा बालकृष्ण पक्राउ परेका थिए। श्रीमान् बालकृष्ण पक्राउ परेपछि उनको मोबाइलको म्यासेजको आधारमा मन्जु सहितका व्यक्ति पनि यो प्रकरणमा तानिन सक्ने आशंका गरिएको छ। 

पक्राउ परेका बालकृष्णले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएपछि प्रहरीले जाँचका लागि डीएफएल (डीजीटील फरेन्सीक ल्याब) मा पठाएको छ। डीएफएलबाट डेटाहरु रिकभर भएपछि त्यसबाट थप तथ्यहरु तथा नेक्कस पत्ता लाग्न सक्न सक्छ। बालकृष्णको मोबाइलबाट मन्जुविरुद्ध थप प्रमाणहरु भेटिएको अवस्थामा उनी समेत अनुसन्धानको दायरामा तानिने छिन्। 

यो प्रकरणमा खाणसहित अहिलेसम्म १२ जना पक्राउ परेका छन्। पक्राउ पूर्जी जारी भएका केही व्यक्तिहरु भने फरार छन्। आशंका गरिएका केही व्यक्तिहरुमाथि प्रहरीले प्रमाण जुटाउने काम गरिरहेको छ। 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल नै गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य थिए। 

Xtrem

Xtrem

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये केही नक्कली भुटानी भुटानी शरणार्थी थिए। पछि बालकृष्ण खाण गृहमन्त्री भएपछि त्यो प्रतिवेदन समेत कीर्ते गरेर अनसूची थप्दै थप व्यक्तिहरुको नाम राखिएको पाइएको प्रहरीले जनाएको छ। 

नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्ने योजनामा इन्द्रजित राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरूले बताएका थिए। 

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदनपछि अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरूले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरूलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता विभागका अनुसार न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार रातिसम्म ती प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। हावाको गति तीव... शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार बाढीले घरहरू जलमग्न भएपछि बाहिर निस्कन नसकेका उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले खोजी गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी... शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्