• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा तीव्रता: सीआईबीदेखि हेडक्वार्टरबाट थप जनशक्ति परिचालन

64x64
नारायण अधिकारी शुक्रबार, वैशाख २९, २०८०  ११:५५
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुलेर भएको ठगी गरेको प्रकरणको अनुसन्धान तीव्रताका साथ अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। अनुसन्धानको म्याद सकिन लाग्दा थप जनशक्ति परिचालन गरेर अनुसन्धान कार्यलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ। 

प्रहरीले यो प्रकरणमा संगठित ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले यो प्रकरणमा प्रारम्भिक अनुसन्धान सकेर संलग्नता देखिएकाहरुलाई गत चैत १२ गतेबाट पक्राउ गर्न थालेको थियो। प्रहरीले उनीहरुविरुद्ध ठगीसँगै संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीले ६० दिनको म्याद पाउँछ। जसअनुसार अब जेठ १२ गतेभित्र अदालतमा मुद्दा बुझाइसक्नुपर्ने हुन्छ। 

यता प्रहरीले भने ५५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने हुन्छ। जसकारण प्रहरीलाई अब १० दिन भन्दापनि कम समय छ। सयम कम भएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा थप जनशक्ति परिचालन गरेर अनुसन्धानको कामलाई तीव्रता दिएको छ। 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीदेखि प्रहरी प्रधान कार्यालय र उपत्यका बाहिरका जिल्लाका अब्बल अनुसन्धान अधिकृतलाई समेत काठमाडौं परिसरमा खटाइएको छ। 

यो प्रकरणमा पूर्वगृहमन्त्रीसहित एक दर्जन व्यक्ति पक्राउ परेका छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, नेपाल सरकारका सचिव तथा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। 

त्यसैगरी काठमाडौं टोखाका रामशरण केसी, मोरङका गोविन्द चौधरी, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना पक्राउ परेका छन्। एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरजसहित केही व्यक्ति भने फरार छन्। 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

छुटपुट भन्दै उक्त कार्यदलले भुटानी शरणार्थीको रुपमा ४२९ जनाको नाम समेट्दै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन बादलकै पालामा गृहबाट मन्त्रिपरिषद्‌मा पेस गरिएको थियो। तर सरकार ढलेपछि मन्त्रिपरिषद्ले पास गर्न सकेन। पछि उक्त प्रतिवेदन मन्त्रालयमै फिर्ता पठाइएको थियो। त्यही प्रतिवेदन गुपचुप राखिएको बताइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

तर अनुसन्धानका क्रममा वास्तविकता भने अर्कै रहेको खुल्यो। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो। उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे। उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन।

यी दुई मध्ये एक प्रतिवेदन नक्कली हुने कुरा प्रष्ट देखियो। त्यसपछि कुन नक्कली र कुन सक्कली प्रतिदेन छुट्याउनेतर्फ प्रहरी लाग्यो। पन्थी कार्यदलको प्रतिवेदन बादलको पालामा मन्त्रिपरिषद्‌मा पेस गरिएको भनिएपछि मन्त्रिपरिषद्संग रेकर्ड हुनसक्ने भन्दै प्रहरीले त्यतिबेलाको पन्थीको प्रतिवेदन माग गर्‍यो।

जसक्रममा मन्त्रिपरिषद्को रेकर्डमा रहेको र पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन म्याच खाएपछि गृहमा खाणले गुपचुप राखेको प्रतिवेदन नक्कली रहेको पुष्टि भएको एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई बताए।

नक्कली शरणार्थीसँग मोटो रकम लिँलै प्रतिवेदनमै आफूखुसी अनुसूची थप्दै खाण नेतृत्वले नक्कली शरणार्थीको नामसमेत राखेको पाइएको प्रहरीले जनाएको छ। उनी पक्राउ पर्नुको मुख्य कडी यो पनि रहेको प्रहरीले जनाएको छ।

यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी खाण तथा सचिव पाण्डेको थियो। यसका लागि उनीहरुले झापा, मोरङका सहायक सिडिओको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी गरेका थिए। त्यसका लागि उनीहरुले उपसमिति समेत गठन गरेका थिए।

यो विषय विवादमा आइसकेको भन्दै उपसमितिले काम नगरेपछि उनीहरुको योजना सफल हुन पाएन। त्यसपछि नयाँ सरकार गठन भएपछि यो प्रकरण छानबिनको दायरामा आएको हो।

यता पन्थी नेतृत्वको कार्यदलले नै तयार पारेको प्रतिवेदनमा समेत नक्कली नामहरु राखिएको हुनसक्ने आकलन गरिएको छ। सोहीअनुसार अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्