काठमाडौं– बलिउडको चर्चित फिल्म ‘शोले’मा सम्भाको भूमिका निर्वाह गरेका अभिनेता म्याकमोहनको आज पुण्यतिथि हो।
उनको १० मे २०१०मा मृत्यु भयो। म्याकमोहनले धेरै फिल्ममा खलनायकको भूमिका निभाएका थिए। यद्यपि उनी जीवनमा अभिनेता बन्न चाहँदैन थिए।
म्याकमोहनको जन्म २४ अप्रिल १९३८ मा कराची, ब्रिटिश भारतमा भएको थियो। उनको वास्तविक नाम मोहन माकिजानी हो। उनले आफ्नो करिअरमा करिब २ सय चलचित्रमा अभिनय गरेका छन्। तर, धेरैजसो फिल्ममा उनी साइड भिलेनको भूमिकामा मात्रै देखिए।
म्याकमोहनलाई फिल्मी पर्दामा वास्तविक पहिचान फिल्म ‘शोले’बाट मिलेको थियो। यस फिल्ममा उनले सम्भाको भूमिका निर्वाह गरेका थिए।
उनको सपना क्रिकेटर बन्ने थियो। तर भाग्यले अर्कैतिर डोहोर्यायो। म्याकमोहनले सन् १९६२ मा आफ्नो करियर सुरु गरेका थिए।
म्याकमोहन अभिनय सिक्न थिएटर गए। त्यसपछि बम्बेको फिल्मालय स्कूल अफ एक्टिङगबाट थप अभिनय सिके।
सन् १९६२ मा रिलिज भएको शम्मी कपूरको फिल्म ‘जंगली’ बाट उनले आफ्नो करिअर सुरुवात गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।