• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१६ महिनापछि प्रधानन्यायाधीश पाउँदै न्यायालय

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २६, २०८०  ०७:३१
1140x725

काठमाडौं– विभिन्न विवादमा तानिएका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भयो। संघीय संसद् सचिवालयमा महाभियोग दर्ता भएसँगै राणा निलम्बनमा परे।

राणा निलम्बनमा परेपछि सर्वोच्चको सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गरे। 

महाभियोग लाग्नुअघि राणा विवादित भइसकेका थिए। न्यायाधीश र कानुन व्यवसायी नै उनको विरुद्धमा आन्दोलनमा थिए। सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको पेसीमा मुद्दा हेर्न छोडेका थिए भने बारले सर्वोच्चको मुल गेटमा धर्ना दिएर आन्दोलन गरिरहेको थियो। 

राणाबाहेकको इजलासमा बस्ने निर्णय गरेपछि अन्य न्यायाधीशहरुले फुलकोर्ट बसेर गोलाबाट पेसी तोक्ने अभ्यास लागू गरेका थिए। राणाविरुद्ध महाभियोग त दर्ता, भयो तर लामो समय त्यसपछिको प्रक्रिया अघि नै बढेन। न उनको बयान भयो न त संसद्‌मा महाभियोगलाई छलफलमा लगियो। सर्वोच्च अदालत भने कार्कीले कामुको अधिकारमा चलाइरहे। 

संसद्‌मा महाभियोग विचाराधीन हुँदा नयाँ प्रधानन्यायाधीश नियुक्ति हुने कुरै थिएन। जसकारण लामो समय न्यायपालिका नेतृत्वविहीन भयो। सरकारले मंसिर ४ का लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गर्‍यो। अनिमात्र राणामाथिको महाभियोग अघि बढ्यो।

२०७८ फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोग सिफारिस समिति बनाएको थियो। तर लामो समयसम्म संसद्ले यो समितिलाई काम नै दिएन। संसदले विजनेश नै नदिएपछि समितिले महाअभियोग प्रस्ताव अघि नै बढाएन।

तत्कालीन प्रतिनिधि सभा नियमावलीको नियम १६१ ले संवैधानिक अंगको प्रमुख वा सदस्यका विरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको एक/दुई सातामै अघि बढ्ने कल्पना गरेको थियो। संसद् अधिवेशन चालू रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भए सभामुखले दर्ता भएको मितिले ७ दिनपछिको कुनै बैठकमा छलफल गराएर महाअभियोग सिफारिस समितिमा पठाउन सक्ने भनिएको थियो।

तर एकै पटक महाभियोगको प्रक्रिया २०७९ साउन २२ गते अघि बढ्यो। करिब ६ महिना महाभियोग अलपत्र भयो। साउनपछि राणाले संसद् पुगेर बयान पनि दिए। तर यही क्रममा प्रतिनिधि सभाको समय समाप्त भयो।  राणामाथिको महाभियोगलाई दलहरुले समयमै प्रक्रियामा नलैजाँदा न राणाको विषयमा निर्णय भयो न त कार्कीले प्रधानन्यायाधीश हुन पाए।

Ncell 2
Ncell 2
nimb
nimb

कार्की अवकाशमा जाने भएपछि सरकारले उनलाई पूर्व प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय मन्त्रीपरिषद्‌बाट गर्‍यो। राजनीतिक दलहरुले नियतवस नै कायममुकायको भरमा सर्वोच्च चलाएका थिए। राणाले उमेर हदका कारण अनिवार्य अवकाश पाए। उनी एक दिन पनि सर्वोच्च फर्कन पाएनन्। न त उनले अभियोगमा सफाइ वा न दोषी ठहर भए। उनी निलम्बित अवस्थामै अवकाशमा गए।

यसबीचमा जिम्मेवारी सम्हालेका कार्कीले पनि अवकाश पाएपछि सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीशको रोलक्रममा रहेका हरिकृष्ण कार्कीले पाए। कात्तिकमा प्रधानन्यायाधीशका लागि उनको नाम संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने थियो। तर उनी करिब ७ महिना कामु नै भएर रहे।  

सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सर्वसम्वत रुपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। अब संसदीय सुनुवाइ सम्पन्न हुँदै उनी जिम्मेवारीमा पुग्ने छन्। हालसम्म संसदीय सुनुवाइ समिति गठन भएको छैन। सभामुख देवराज घिमिरले ३ दिनभित्र संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम दिन दलहरुलाई आइतबार नै आग्रह गरेका छन्।

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीको कार्यकाल अब धेरै बाँकी भने छैन। कार्कीको उमेर आगामी २०८१ भदौ १५ गते ६५ वर्ष पुग्दैछ। त्यसकारण उनको कार्याकाल आगामी भदौ १५ गतेसम्म मात्रै रहनेछ। २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका कार्कीको नाम कात्तिकमै संवैधानिक परिषद्‌बाट सिफारिस भएको भए उनी ६ महिनाअघि नै ३०औं प्रधानन्यायाधीश हुने थिए।

Xtrem

Xtrem

संसदीय सुनुवाइ समिति गठन भएपछि उक्त समितिले सुरुमा उजुरी आह्वान गर्ने छ। उक्त उजुरीमा छानबिनपछि सुनुवाइको मिति तोक्ने छ। उक्त सुनुवाइको प्रक्रिया सकिएपछि सुनुवाइ समितिले अनुमोदनको निर्णय गर्ने छ। संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपति समक्ष पत्र पुग्ने छ। त्यसपछि राष्ट्रपतिले नयाँ प्रधान्यायाधीशमा नियुक्ति गर्ने छन्।

कार्कीको कार्यकाल अब चार महिना मात्र बाँकी छ। एक महिनाअघि सर्वोच्च अदालतबाट बिदा बस्नुपर्ने भएकाले जेठ, असार र साउनमा उनले काम गर्न पाउने छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशी... शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर ख... शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो । शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्