भैरहवा– एभरेष्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा शाखा आफ्नै भवनबाट बैंकिङ सेवा तथा कारोबार सञ्चालन गरेको छ।
उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन्।
उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जीवन प्रकाश पाण्डे, जिप्रका रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लवप्रसाद कुइँकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।