• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यसरी तानिए पूर्वगृहमन्त्री खाणदेखि आरजु राणासम्म

64x64
नारायण अधिकारी सोमबार, वैशाख २५, २०८०  १४:२३
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणदेखि उनकी पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य एवम् सांसद् आरजु राणा देउवा पनि तानिएका छन्। 

मञ्जु र आरजुले समेत रकम बुझेको भन्ने अडियो सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम गरिरहेको छ। अडियोमाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताएका छन्। 

‘दलाल र पीडितबीचको भनिएको अडियो वार्ता हामीकहाँ पनि आइपुगेको छ। अडियोमा उल्लेख गरिएका विषयहरुलाई तथ्यले पुष्टि हुने ठाउँ छन्/छैनन् भनेर अनुसन्धान गरिरहेका छौं,’ एसएसपी कार्कीले भने। 

सार्वजनिक भएको अडिओमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ। खाण र आरजु पक्षबाट उक्त अडियो सत्य नभएको दाबी भइरहेको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा समेत आरजुले आफूमाथि झुटा आरोप लगाइएको दाबी गरिन्।

यता बालकृष्ण खाणको सचिवालयले पनि अडियोमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ। तर तत्कालीन गृहमन्त्री खाण यो प्रकरणमा जोडिनुमा अडिओ मात्रै प्रमाण नरहेको रहस्यहरु खुल्दै आएका छन्। 

१ वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी ठगी प्रकरणमा १ जनालाई पक्राउ गरेको थियो। त्यतिबेला गृहमन्त्री बालकृष्ण खाण थिए भने हाल शरणार्थी प्रकरणमै पक्राउ परेर हिरासतमा रहेका टेकनारायण पाण्डे गृहसचिव थिए। 

तत्कालीन गृहमन्त्री खाण र गृहसचिव पाण्डेकै दबाबमा पक्राउ परेकाहरुलाई प्रहरीले आधा घण्टा पनि हिरासतमा नराखी छाडेको थियो। काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालयका तत्कालीन प्रहरी कर्मचारीका अनुसार त्यतिबेला गृहमन्त्री खाणसँगै गृहसचिव पाण्डेले पक्राउ परेकाहरुलाई छाड्न भनेर तारान्तर दबाब दिएका थिए। 

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण जोडिने अर्को दस्तावेज समेत भेटिएको छ।  २०७८ असारमा गृहमन्त्री भएका खाणकै जोडबलमा गृह प्रशासनबारे ज्ञान नै नभएका टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा (बादल)का पालामा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधान गर्ने भन्दै गृह मन्त्रालयकै तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल  गठन गरिएको थियो। कार्यदलले समेत नक्कली भुटानी शरणार्थीको नाम राखेको भन्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आएको थिएन। 

खाण गृहमन्त्री र टेकनारायण गृहसचिव भएपछि उनीहरुको अग्रसरतामा पुनः अर्को समिति गठन गरिएको थियो। उक्त समितिका संयोजक थिए  जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन सहायक सीडीओ। उक्त समितिलाई २०७९ भदौ मसान्तसम्म भुटानी शरणार्थीका बारेमा थप कार्यसम्पादन गरी पेस गर्न भनिएको थियो। 

आवश्यक परे उक्त समितिले उपसमिति गठन गर्न सक्ने र पन्थी नेतृत्वको समितिले पेस गरेका प्रतिवेदन समेत अध्ययन गरी छुट भुटानी शरणार्थीको नाम समावेश गर्न समेत भनिएको थियो। तर जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृतहरुले भुटानी शरणार्थी प्रकरण विवादमा परिसकेकाले आफूहरु थप विवादमा नफस्ने भन्ने अडान लिएपछि काम अगाडि बढेन। 

झापा प्रशासनबाट काम अगाडि नबढेपछि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना असफल हुन थालेको थियो। अमेरिका जान भनेर रकम बुझाएकाहरुले ‘हाम्रो काम कहिले बन्छ?’ भन्दै पैसा लिने बिचौलियालाई दबाब दिन थाले। बिचौलियाहरु फोन अफ गरेर सम्पर्कविहीन भएपछि पैसा बुझाएकाहरु प्रहरीकहाँ पुगेका थिए। 

Xtrem

Xtrem

खाणले आफ्नै पालामा पुन: अर्को समिति गठन गरेर छुट शरणार्थीहरुको नाम समावेश गर्न लगाउनु पनि रहस्यमय रहेको भन्दै अहिले अनुसन्धान अघि बढाइएको छ। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियाहरुले पनि तत्कालीन गृहमन्त्री खाणसहितका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईहरुको नाम लिएका थिए। बिचौलियाहरुको बयानअनुसार उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो भने केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ पूर्जी जारी भएका एमाले सचिव रायमाझी, तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापा लगायत भने अहिले पनि फरार छन्। 

पक्राउ परेकाहरुको बयान र उनीहरुबाट बरामद भएका केही प्रमाणका आधारमा थप केही जनामाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। ‘पर्याप्त प्रमाण’ जुटाएर थप व्यक्तिविरुद्ध पनि पक्राउ पूर्जी जारी हुने प्रहरी स्रोतको भनाइ छ। 

खाणभन्दा अघि गृहमन्त्री भएका एमाले नेता बादल भने यो प्रकरणमा अहिलेसम्म ‘सिन’मा नदेखिएको प्रहरी स्रोतको भनाइ छ। पक्राउ परेका परेका सचिव पाण्डेको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएकाले त्यसबाट केही तथ्यहरु खुल्न सक्ने प्रहरीको भनाइ छ। 

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्