काठमाडौं- विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल दक्षिण एसियामा अग्रणी स्थानमा रहेको छ। विश्वभरि प्रेस स्वतन्त्रताको अनुगमन गर्ने संस्था, रपोतेयर सँ फँतेयर (आरएसएफ), द्वारा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२३ मा नेपाल ९५औं स्थानमा रहेको छ।
विश्व प्रेस स्वतन्त्रता दिवस ( ३ मे) को अवसरमा प्रकाशित उक्त सूचीमा माल्दिभ्स (१००), श्रीलंका (१३५), पाकिस्तान (१५०), अफगानिस्तान (१५२), भारत (१६१) र बंगलादेश १६३औं स्थानमा रहेका छन्। भुटान (९०) स्थानमा रहेर नेपालभन्दा अगाडी रहे पनि भुटानी संचारमाध्यम नेपालमाभन्दा स्वतन्त्र नरहेको जानकारहरु बताउँछन्।
सन् २०२२ को तुलनामा भारत तथा नेपाल दुवै मुलुकमा प्रेस स्वतन्त्रताको स्थिति खस्केको छ। प्रेस स्वतन्त्रता सूचकांकमा समेटिएका १८० मुलुकहरुमध्ये गत वर्ष नेपाल ७६ औं स्थानमा थियो भने भारत १५० औँ स्थानमा थियो। यस वर्ष विश्व प्रेस स्वतन्त्रता सूचकांककाे १ नम्बरमा नर्वे रहेको छ भने सूचीको पुछारमा (१८० औँ स्थानमा) उत्तर कोरिया रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।