• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सीमा सुरक्षामा सशस्त्रको एक्सन प्लान : स्तम्भ मर्मत र पुन:स्थापनाका कार्यविधिदेखि स्ट्रिप नक्सासम्बन्धी तालिमसम्म

एसएसबीले गर्‍यो ६२७ सीमास्तम्भको मर्मत
64x64
नारायण अधिकारी सोमबार, वैशाख १८, २०८०  १८:५९
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलले सीमा सुरक्षासम्बन्धी कार्यविधि नै बनाएर काम गर्ने तयारी गरेको छ। विशेषगरी भारतीय सीमावर्ती क्षेत्रहरुमा पटक–पटक सीमा विवादका विषयहरु उठ्न थालेपछि सशस्त्रले कार्यविधि नै बनाएर काम गर्न लागेको हो।

सशस्त्र प्रहरी बलले हेडक्वाटर हल्चोकमा सोमबार पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी गराएको छ। सशस्त्रका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भको मर्मत सम्भार र पुन:स्थापनासम्बन्धी कार्यविधि–२०७९ तयार भइरहेको जानकारी गराए। उक्त कार्यविधि तयार भइसकेपछि सीमा मर्मतको काम गरिने उनले बताए।

कार्यविधि तयार भइसकेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको समन्वयमा सीमा मर्मत र पुन:स्थापना गरिने बताइएको छ। हराएका तथा थप राख्नुपर्ने सीमा सम्तम्भ भए सोही अनुसार स्थापना गरिने, पुराना तथा मर्मत र रंग रोगन गर्नुपर्ने भए सोही अनुसार मर्मत गरिने सशस्त्रले जनाएको छ।

‘अहिलेसम्म कार्यविधि नै नभए पनि सशस्त्रले सीमा सुरक्षाको काम गरिरहे पनि अब कार्यविधि नै बनाएर सीमा स्तम्भवको मर्मत तथा पुन:स्थापना गरिँदा थप प्रभावकारी हुने हामीले विश्वास लिएका छौं’ प्रवक्ता खड्काले भने। सशस्त्रसँगकै समन्वयमा एसएसबीलेसमेत ६२७ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिएको सशस्त्रले जनाएको छ।

यदि सीमा पुन:स्थापना गर्नुपर्ने तथा नयाँ राख्नुपर्ने देखिएको अवस्थामा स्ट्रिप नक्साको सहयोगमा काम गरिने सशस्त्रले जनाएको छ। यसका लागि नापी विभागको सहयोगमा स्ट्रिप नक्सा ल्याई तालिम दिने काम समेत भइहेको बताइएको छ। सीमा सुरक्षाकै लागि सशस्त्रले अर्को पनि कार्यविधि बनाउँदै छ। सीमा सुरक्षाको सहजिकरण समितिको कार्यविधि बनाउने काम भइरहेको सशस्त्र हेडक्वाटरले जनाएको छ। यो कार्यविधि बनिसकेपछि भने स्थानीय स्तरमै समितिहरु गठन गरेर स्थानीयकै सहयोगमा सीमा संरक्षणको कार्यलाई अघि बढाइने सशस्त्रको भनाइ छ।

स्थानीयस्तरमै स्थानीयकै सहभागितामा समिति बनाएर काम गर्दा थप प्रभावकारी हुने भन्दै सशस्त्रले स्थानीय समिति बनाउन लागेको जनाएको छ। त्यसैगरी सीमा सुरक्षाकै विषय अध्ययन गराउने गरी सशस्त्र प्रहरी बलले तयार गरिरहेको छ। सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई समेटेर पोस्ट ग्राजुएट डिप्लोमा (पीजीडी) को कोर्ष तयार पारेर अध्ययन गराउने तयारी भइरहेको छ। त्रिभुवन विश्वविद्यालयको समन्वयमा पाठ्यक्रम तयार पारेर सीमा तथा विपद्सम्बन्धी पीजीडी कक्षा सञ्चालन गरिन लागिएको हो।

सीमासम्बन्धी पीजीडी कक्षा अध्ययन गरेका सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षामा खटिँदा थप प्रभावकारी हुने बताइएको छ। सीमा सुरक्षाकै लागि बोर्डर एरिया डेभलपमेन्ट प्रोग्राम (बीएडीपी) अवधारण पनि कार्यन्वयनमा गराउनका लागि हल्चोकले काम गरिरहेको छ। सीमा सुरक्षाको मुख्य म्यान्डेट पाएको सशस्त्रले सीमा क्षेत्रमा हुने घटना तथा सीमास्तम्भको सुरक्षा र भावि रणनीतिका लागि बोर्डर रिर्सोस एनड रिसर्च सेन्टरको स्थापना गरेको छ। यो सेन्टरले सीमा क्षेत्रमा आवश्यक पर्ने जनशक्तिदेखि भावि रणनीति तथा योजना समेत बनाएर कार्यान्वयनका लागि पठाउने बताइएको छ। यसअघिसम्म सशस्त्रमा यो सेन्टर थिएन।

यसअघि सीमासम्बन्धी छुट्टै सीमा विभाग भए पनि केही समय सीमा विभागलाई कार्य विभागमै राखेर काम गरिएको थियो। तर अहिले सीमा विभागलाई छुट्टै विभागको रुपमा राखेर सशस्त्रले काम गरिरहेको छ। यो विभाग पुनर्गठन गरिएसँगै ४५ वटा सीमा सुरक्षा गुल्महरु स्थापना गरिएको छ। उक्त गुल्मको कमाण्ड डीएसपीले गर्नेगरी काम समेत सुरु भइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

१ वर्षमा १६२ वटा सीमा बैठक सम्पन्न
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र छिमेकी देशका सीमा सुरक्षाकर्मीबीच बैठक पनि हुँदै आएको छ। यो एक वर्षको अवधिमा सीमा सुरक्षाका बारेमा सशस्त्रले १६२ वटा बैठक तथा छलफल सम्पन्न गरेको छ। सशस्त्रको तर्फबाट आईजी तथा एसएसबीको तर्फबाट डीजीबीचको समन्वयात्मक बैठक २०७९ सालमा नेपालमा सम्पन्न भएको थियो। 
योबाहेक अन्य तहमा यो वर्ष नेपाल–भारतबीच १५३ वटा बैठक सम्पन्न भएका छन्। 

नेपाल–चीनबीच भने ९ वटा बैठक सम्पन्न भएको तथ्यांक सशस्त्र हेडक्वाटरसँग छ। यी बैठकहरुमा सीमामा देखिएका समस्या, चुनौती र तिनको निराकरण तथा आगामी रणनीतिबारे छलफल भएका छन्। आगामी दिनहरुमा कसरी समन्य गरेर दुई देशका सुरक्षाकर्मीहरु सीमा सुरक्षामा खटिनेलगायतका विषयहरु छलफलमा हुने गरेको बताइन्छ।

बीओपी संख्या २४९ पुर्‍याइयो
सशस्त्र प्रहरीमा बलमा बोर्डर आउट पोस्ट (बीओपी) को संख्या हिजो आइतबारबाट २४९ पुगेको छ। यसअघिसम्म २२८ वटा बीओपी थिए। आइतबार मात्रै दक्षिण सीमा क्षेत्रमा २१ वटा बीओपी स्थापना गर्दै बीओपी संख्या २४९ पुर्‍याइएको हो। 

आइतबार झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लाहरुमा बीओपी स्थापना गरिएको छ। बीओपीअले आफ्नो क्षेत्रमा हुने गरेका सीमा सम्बन्धी अपराध, सीमा सुरक्षाका कामहरु गर्दै आएका छन्। सीमा सुरक्षाको मुख्य म्यान्डेड सशस्त्रको भएकाले कम जनशक्ति हुँदासमेत यसलाई सक्दो प्रयोग गरेर बीओपीको संख्या बढाएर सीमा सुरक्षाको काम भइरहेको सशस्त्रका आईजी राजु अर्यालले बताए।

Xtrem

Xtrem

दशगजा क्षेत्रका १६६ घरर टहरा हटाइयो
पछिल्लो एक वर्षको अवधिमा सशस्त्र प्रहरी बलले दशगजा क्षेत्रमा बनाइएका १६६ वटा घर टहराहरु हटाएको छ। दशगजा क्षेत्रको नो म्यान्स ल्याण्डमा बनेका ती संरचनाहरुलाई हटाइएको सशस्त्रले जनाएको छ।

त्यसैगरी बन्न लागेका १९ वटा भौतिक संरचनाहरुलाई रोक लगाइएको छ। सीमा अतिक्रमण गरेर लगाइएका १० स्थानमा ५९.८५ किमीमा लगाइएको खेतपाती समेत नष्ट गरिएको छ। करिब २४ किलोमिटर दशगजा क्षेत्रमा सरसफाइको कामसमेत गरिएको रेकर्ड सशस्त्र प्रहरीसँग छ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:५९
  • #सशस्त्र प्रहरी बल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्