• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालमा कतिपय नीतिहरु दबाबमा बनेका छन् : योगेश भट्टराई

64x64
नेपाल लाइभ आइतबार, वैशाख १७, २०८०  १७:५१
1140x725

काठमाडौं– नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालमा कतिपय नीतिहरु दबाबमा बन्ने गरेको बताएका छन्।

काठमाडौंमा आयोजित एडुक्लेभमा बोल्दै नेता भट्टराईले भने, ‘१० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने नीति बनाउने म हो।’ आफू यो नीतिको विरोधमा रहँदा रहँदै पनि दबाबकै कारण नीति बनाउनुपरेको उनको भनाइ थियो। ‘मेडिकल शिक्षाका लागि कति विद्यार्थी विदेशिन वाध्य छन्, यहाँ अवसर छैन,’ उनले थपे, ‘तर, यो नीति बन्नुको कारण मलाई थाहा छैन।’

काठमाडौंको याक एन्ड यति होटलमा आयोजित एडुक्लेभमा ‘विदेश जाने नेपाली विद्यार्थी : अवसर वा जोखिम’ शीर्षकमाथिको अन्तरक्रियामा उनले भने, ‘एउटा मान्छे नागरिक अभियन्ता भन्छ। माइतीघरमा बस्छ, बुद्धिजीवि बोल्दैनन्। मिडियाले बुझ्दिँदैन। यसरी दबाबमा नीति बनाइनु भएन।’

विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने चलनले देशलाई ठूलो नोक्सानी भइरहेको भट्टराईको भनाइ थियो । उनले थपे, ‘पैसा कमाउन सकिन्छ, तर बौद्धिकताको पलायन भयो भने त्यो कमाउन गाह्रो छ ।’ 

उनले पछिल्लो समय बाहिरको विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे । ‘नेपालको शिक्षा पनि गुणस्तरीय छ,’ भट्टराईले भने, ‘नेपालमा पढाइ हुने मेडिकल, इन्जिनियरिङ र व्यवस्थापन कोर्सका पढाइ अब्बल छन्।’

भट्टराईसँगै उक्त सेसनमा वरिष्ठ पत्रकार युवराज घिमिरे, अष्ट्रेलियाका लागि नेपालकी पूर्व राजदूत लक्की शेर्पा, डिसहोम मिडियाका अध्यक्ष सुदीप आचार्य, ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर डा. मनिष थापा र शैक्षिक अभियन्ता सविन जोशीले विदेश जाने नेपाली विद्यार्थीका चुनौती र अवसरबारे बोलेका थिए। 

यसकारण विदेशबाट नेपाल फर्कन्नन् विद्यार्थी

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत लक्की शेर्पाले देश नै युवाविहीन हुनपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता व्यक्त गरिन्। सरकारले युवा सीपको व्यवस्थापनमा बलियो नीति ल्याउनुपर्नेमा उनको जोड थियो। अष्ट्रेलिया पढ्न गएका विद्यार्थीहरू फर्केर नआउने कारणबारे उनले भनिन्, ‘सुरुमा उहाँहरूले निकै संघर्ष गर्नुपर्छ। जब पीआर (स्थायी आवासीय भिसा) हुन्छ, त्यसपछि परिवार हुन्छ। सन्तान हुन्छन्, त्यसपछि फर्कन चाहँदैनन्। यही चक्र चलिरहेको छ।’ 

वरिष्ठ पत्रकार युवराज घिमिरेले विदेश पढ्न जाने कुरा समाजमा प्रतिष्ठाको विषय समेत बन्दै गएको बताए । ‘पल्लो घरको भाइ गयो, दिदी गइन् हामी किन नजाने भन्ने आउँछ,’ उनले थपे, ‘सामान्य परिवारको विद्यार्थी विदेश पढ्न जाँदा घर बन्दकी राख्नुपर्छ। त्यसरी घर बन्दकी राखेर विदेश गएपछि उसका लागि मनोवैज्ञानिक दबाब हुन्छ। पैसा नतिरी फर्कन्न भन्ने हुन्छ।’

डिस होम मिडियाका अध्यक्ष एवम् व्यवसायी सुदीप आचार्यले विदेशमा पढ्न जानु अवसर भए पनि त्यसलाई परिणाममा ढाल्न नसक्नु राज्यको कमजोरी रहेको बताए । आफूसँगै पढेका ९० जनामा ५० भन्दा बढी विद्यार्थी विदेश पढ्न गएको उल्लेख गर्दै उनले भने, ‘हामी नेपालमा अवसर देख्ने १०–१२ जना फर्कियौं। तर, धेरै साथी फर्किएका छैनन्। त्यो त देशले गुमायो नि।’

शैक्षिक अभियन्ता सविन जोशीले विदेश जाने विद्यार्थीलाई नेपाल फर्काउन अवसरको सिर्जना गर्नुपर्ने बताए । ‘विदेश पढेर फर्किएपछि स्वदेशमा अवसर छ, सम्भावना छ भन्ने वातावरण बनाउन सकियो भने विद्यार्थी फर्किन्छ।’ उनले भने, ‘म शिक्षाका लागि अवसर हेर्छु। दोस्रो चाहिँ सीप। मसँग डिग्री छ तर सीप छैन भने के गर्नु? तेस्रो चाहिँ रोजगारी हो। म नेपालमा रोजगारीको अवसरकै कारण फर्कें। अवसर दिए मात्र विद्यार्थी फर्कन सक्छन्।’

Xtrem

Xtrem

कार्यक्रममा अर्का वक्ता मनिष थापाले धेरै कुरा सिक्न बाहिरै जानुपर्ने अवस्था रहेको बताए । ‘जुन–जुन देशमा मैले पढाएँ, त्यहाँ स्थानीयभन्दा अन्य देशका विद्यार्थीको संख्या धेरै थियो। अरुबाट सिक्ने भनेको बाहिर गएर हो। त्यो संसारको ट्रेन हो ।’

नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले नेपालमा उच्च शिक्षाको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित 'एडुक्लेभ' आयोजना गरेको हो । एडुक्लेभमा 'विदेशिने नेपाली विद्यार्थी : अवसर वा जोखिम' शीर्षकसिहत 'हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यक्ता' र 'वैदेशिक शिक्षाको प्रभाव' शीर्षक गरी तीन वटा विषयमा अन्तर्क्रिया भएका थिए । कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवाला, नीति निर्माता, विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाताको उपस्थिति थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:५१
  • ##EduClave

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्