काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको खर्चका विषयमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग एमाले सांसद सूर्य थापाले राखेका छन्।
राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समै पठाउनुपर्ने अवस्था रहे/नरेहकोबारे समेत जानकारी माग गरेका छन्। एअर एम्बुलेन्सबाट लगिँदा अढाइ करोड खर्च भएको कुरा सार्वजनिक भएको बताउँदै उनले प्रश्न गरे, 'सामान्य पेट दुख्दा एअर एम्बुलेन्स खर्च गर्ने हैसियतमा छ देश?'
राष्ट्रपति कार्यालयले पौडेल विदेशमा उपचार गर्न जान इच्छुक नभएको भन्दै विज्ञप्ति जारी गरेको उल्लेख गर्दै यसबारमा जानकारी दिनुपर्ने उनले बताए। प्रधानमन्त्रीले जोड गरेर पठाउनुभएको भन्ने कुराका विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।