काठमाडौं- उपनिर्वाचनबाट तनहुँ- १ मा निर्वाचित स्वर्णिम वाग्लेले संसदमा आफ्नो भनाइ राखेका छन्। निर्वाचित भएपछि पहिलोपल्ट संसदमा पुगेका उनले तनहुँको घाँसीको कुवाको व्यवस्थापनबारे सवाल उठाएका हुन्।
तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गका कारण घाँसीकुवा जस्तो ऐतिहासिक सम्पदालाई हानि पुग्ने बताउँदै आवश्यक व्यवस्थापन जरुरी रहको बताए।
उनले भने, 'तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग आवश्यक छ। तर धुलाम्मे सडकका कारण आमजनको स्वास्थ्यमा हानि पुगेको छ। यसैगरी सडकलाई उचित मार्गबाट अघि बढाउँदा घाँसीकुवा लगायतका सम्पदामा हानि पुग्दैछ। उचित व्यवस्थापन होस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।