काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले स्थिरताका नाममा निकम्मा र अक्षम सरकार बोकिरहनु नपर्ने बताएका छन्। उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएर शपथ ग्रहणपछि पत्रकारसँग प्रश्नोत्तर गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘स्थिरता साधन हो, असल शासन र समृद्धि साध्य हुन्। साध्यको पछि लाग्ने हो। अस्थिरताका नाममा जतिसुकै निकम्मा र अक्षम सरकारलाई बोकिरहनु पर्दैन। त्यो नेपालमा मात्रै होइन, विश्वकै लोकतन्त्रमा रहीआएको छ।’
रास्वपा सरकारमा नजाने यसअघि नै पार्टी सभापति रवि लामिछानेले स्पष्ट पारिसकेका छन्। प्रचण्ड सरकारलाई समर्थन दिन आफूले राखेको अजेन्डा झिकिएको भन्दै पुनरावलोकन र पुनर्विचार गर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।